Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • र्‍यापिड टेस्टमा बुढानिलकण्ठकी महिलाकाे कोरोना एन्टिबडी पोजेटिभ

    र्‍यापिड टेस्टमा बुढानिलकण्ठकी महिलाकाे कोरोना एन्टिबडी पोजेटिभ

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०७७
  • 2.2K
    SHARES

    काठमाडाैँ । बुढानिलकण्ठ-९ की ३१ वर्षीया महिलामा र्‍यापिड टेस्ट गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ। इटालीबाट फर्केकी ती महिलाकाे बुधबार र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको मेयर उद्धवप्रसाद खरेलले जानकारी दिए।

    उनका अनुसार महिला ती २८ दिन अगाडि इटालीबाट आएकी थिइन्। उनलाई हिजो साँझ टेकु अस्पताल भर्ना गरिएको छ।’र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएपछि पिसिआर परीक्षणको लागि टेकु पठायौं,’ मेयर खरेलले भने।



    महिलामा भने कोरोनाको कुनै पनि लक्षण देखिएको छैन। उनले आफू इटालीबाट आएपछि सुरूमा सेल्फ क्वारेन्टाइनमै बसेको बताएकी छिन्। उनले २२ दिनपछि टेकु अस्पतालमा फोन गरेर बुझ्दा चिकित्सकले उनलाई लक्षण केही नदेखिएकाले परीक्षण गर्न नपर्ने बताएका थिए।



    त्यो बीचमा उनले आफन्तलाई भेटेको बुझिएको छ। बुधबार भने उनी आफैं नगरपालिकाले सञ्चालन गरेको र्‍यापिड टेस्ट शिविरमा जाँच गराउन पुगेकी थिइन्। मेयर खरेलले पिसिआर परीक्षणको नतिजा आएपछि मात्र के गर्ने भन्ने टुंगो लाग्ने बताए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार