Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • चैत ११ मा अर्थमन्त्री सनसिटी पुगेको खुलासा, अब के हुन्छ ?

    चैत ११ मा अर्थमन्त्री सनसिटी पुगेको खुलासा, अब के हुन्छ ?

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । कोरोना संक्रमण देखिएको सनसिटी अपार्टमेन्टमा अर्थमन्त्री डा. युवराज खतिवडा चैत ११ गते पुगेको तथ्य सार्वजनिक भएको छ। सरकारले लकडाउन घोषणा गरेकै दिन चैत ११ मा उनी अपार्टमेन्ट पुगेका थिए।

    सोही अपार्टमेन्टमा बस्ने कलाकार पुष्कर रेग्मीले सो दिन मन्त्री खतिवडा आएको जानकारी दिए। ‘अर्थमन्त्रीका छोराहरूको फ्ल्याट यही अपार्टमेन्टमा छ,’ उनले भने, ‘छोराबुहारी भएको ठाउँमा आउनु स्वाभाविक हो। म उहाँहरूकै छिमेकी हुँ।’ तर बाहिर हल्ला आएजस्तो ८ गते खतिवडा त्यहाँ नपुगेका रेग्मीले बताए। ‘अर्थमन्त्रीज्यू ८ गतेको अपार्टमेन्टको वेलफेयर सोसाइटीको चुनावमा चाहिँ आउनुभएको थिएन,’ उनले अन्नपूर्णसँग भने, ‘तर ११ गते उहाँ आउनुभएको थियो। धेरैले देख्नुभएको छ। गार्डसँग सोध्दा पनि गाडी इन्ट्री भएको भनियो। त्यो कुरा सीसी क्यामेरामा पनि देखिन्छ।’



    रेकर्डअनुसार करिब ४० मिनेट अपार्टमेन्टमा बसेका मन्त्री ५ बजेर १३ मा आएर र ५ बजेर ५५ मिनेटमा फर्किएका थिए। खतिवडाका छोरा तिलक सोही अपार्टमेन्टका दुई वटा फ्ल्याट लिएर बस्छन्।



    चैत ८ गते सो अपार्टमेन्ट सोसाइटीको चुनावमा तिलक सचिव पदमा निर्वाचित भएका थिए। सो अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई सदस्यमा कोरोना पुष्टि भएको छ। उनीहरूको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ।

    करिब ४० मिनेट अपार्टमेन्टमा बसेका मन्त्री साँझ ५ बजेर ५५ मिनेटमा फर्किएका थिए।
    अर्थमन्त्री खतिवडा पनि अपार्टमेन्टमा आएको खुलासा भएसँगै अहिले उनीमाथि पनि विभिन्न प्रश्न उठेका छन्। आफू आएको कुरा लुकाउनु अनौठो भएको अपार्टमेन्टमा बस्ने अन्यको भनाइ छ। ‘छोरा बुहारी भएको ठाउँमा आउनु ठूलो कुरा भएन,’ पुष्करले भने, ‘स्वाभाविक हो। तर, उहाँ पनि संक्रमणमा पर्नुभयो कि भन्ने चिन्ता हो।’

    कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापाले अर्थमन्त्री अपार्टमेन्ट आएको खबर आफूले सञ्चार माध्यमबाट सुनेको तर आफूलाई थाहा नभएको बताए। ‘मन्त्रीज्यू सनसिटी अपार्टमेन्टमा आएको भन्ने हल्ला सुनेको छु,’ उनले भने, तर, ‘तथ्य भने थाहा छैन। मैले बुझ्न लगाएको छु।’ (अन्नपूर्ण पोस्ट –

     

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार