Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • काेराेनाकाे महामारी: कुन देश कति प्रभावित ? (पछिल्लो अपडेट)

    काेराेनाकाे महामारी: कुन देश कति प्रभावित ? (पछिल्लो अपडेट)

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०७७
  • 2.1K
    SHARES

    काठमाडौं। कोभिड-१९ कोरोना भाइरसले मृत्यु हुनेको संख्या बिहीबार बिहान ८ बजेसम्म १ लाख ३४ हजार ६१५ पुगेको छ। कोरोनाले २० लाख ८३ हजार ३०४ जना संक्रमित भएका छन्। त्यस्तै ५ लाख १० हजार ३३६ जना निको भएका छन्।

    बिहीबार एकै दिन अमेरिकामा २ हजार ४ सय ८२ जनाले ज्यान गुमाएका छन्। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २८ हजार ५२९ पुगेको छ। अमेरिकामा ६ लाख ४४ हजार ८९ संक्रमितमध्ये ३० हजार २०६ जना नयाँ संक्रमित थपिएका छन्। त्यस्तै फ्रान्समा १ हजार ४ सय ३८ जनाले ज्यान गुमाएका छन्। फ्रान्समा हालसम्म १७ हजार १६७ जनाले ज्यान गुमाएका छन्। १ लाख ४७ हजार ८६३ संक्रमितमध्ये बिहीबार ४ हजार ५६० जना नयाँ संक्रमित थपिएका छन्।



    युकेको पनि बिहीबार एकै दिन ७६१ जनाले ज्यान गुमाएका छन्। युकेमा हालसम्म १२ हजार ८६८ जनाले ज्यान गुमाएका छन्। ९८ हजार ४७६ जना संक्रमित मध्ये ४ हजार १०३ जना नयाँ संक्रमित थपिएका छन्। इटलीमा एकै दिन ५७८ जनाले ज्यान गुमाएका छन्। हालसम्म इटलीमा २१ हजार ६४५ जनाले ज्यान गुमाएका छन्। १ लाख ६५ हजार १५५ संक्रमित छन्।



    जसमा २ हजार ६६७ जना नयाँ संक्रमित थपिएका छन्। त्यस्तै स्पेनमा एकै दिन ५५७ जनाले ज्यान गुमाएका छन्। स्पेनमा हालसम्म १८ हजार ८१२ जनाले ज्यान गुमाएका छन्। स्पेनमा १ लाख ८० हजार ६५९ संक्रमित छन्। जसमा ६ हजार ५९९ जना नयाँ संक्रमित भएका छन्।

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार