Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • मौसम पूर्वानुमान: मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा

    मौसम पूर्वानुमान: मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल स्थानीय वायुको प्रभाव संगसंगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।

    बिहीबार बिहान देशको पूर्वी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ ।



    बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख गरिएको छ ।



    यसैगरी, राति देशभर आंशिक देखि सामान्य बदली रहने र देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार