Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउन तोडे पाँच वर्षसम्म कैद सजाय!

    लकडाउन तोडे पाँच वर्षसम्म कैद सजाय!

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०७७
  • 2.6K
    SHARES

    काठमाडाैँ। उच्चस्तरीय समन्वय समितिले लकडाउनलाई थप कडाइ गर्दै संक्रममितको पहिचान, परीक्षण र उपचारमा जोड दिने निर्णय गरेको छ। बैठकले नेपालमा कोरोना संक्रमणको अवस्था क्रमशः जोखिमयुक्त हँुदै गएको र संक्रमणको दर बढ्दै गएको निष्कर्ष निकालेको छ। यो बढीभन्दा बढी परीक्षणमा जोड दिने र कोरोना न्यूनीकरणका लागि आवश्यक सबै प्रक्रिया अवलम्बन गर्ने निर्णय गरिएको सचिव बिडारीले बताए।

    लकडाउन पालना नगरी घरबाहिर जथाभावी निस्किने, हुलमुल गर्नेलगायतलाई पक्राउ गरी थुनामा राख्ने निर्णय पनि बैठकले गरेको छ। त्यस्ता व्यक्तिलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिनेछ। पाँच वर्षसम्म कैद सजायको व्यवस्था छ।



    यस्तै वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई डेलिकेटेड अस्पतालमा विकास गरिने भएको छ। त्रिभुवन विश्वविद्यालयसँग रहेको पीसीआर मेसिन उक्त अस्पताललाई तत्काल पठाउने र आवश्यक स्वास्थ्य सामग्री थप गर्ने निर्णय समितिको निर्णय छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार