Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • शिक्षण अस्पतालका डाक्टरमाथि प्रहरीद्वारा कुटपिट

    शिक्षण अस्पतालका डाक्टरमाथि प्रहरीद्वारा कुटपिट

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०७७
  • 3K
    SHARES

    फाइल : तस्बिर

    काठमाडौं । राष्ट्रिय आवासीय चिकित्सक संघले ३ जना आवासीय चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको भन्दै सो घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

    विज्ञप्ती जारी गर्दै संघले बुधबार साँझ त्रिवि शिक्षण अस्पतालका ३ जना डाक्टरहरु ड्युटी सकेर निवासतर्फ फर्किदै गर्दा महाराजगञ्जस्थित कान्ति बाल अस्पताल पछाडिको ओरालोमा प्रहरीले हातपात गर्नुका साथै लाठि चार्ज समेत गरेको आरोप संघले लगाएको छ ।



    यस मानवीय संकटको बेलामा अत्यावश्यक सेवामा ज्यानको जोखिममा राखेर खटिरहेका डाक्टरहरुमाथि कुटपिट गर्ने प्रहरीलाई कार्वाहीको दायरामा ल्याउन समेत संघले माग गरेको छ ।



    दोषी प्रहरीमाथि कार्वाही नगरे संघले कडाभन्दा कडा कार्वाहीको कदम चाल्ने चेतावनी समेत संघले दिएको छ । प्रहरीले त्रिवि शिक्षण अस्पतालका डाक्टर शम्भु खनाल, तेजप्रकाश साह र विकास शाहमाथि आक्रमण गरेको जनाइएको छ । घटनाबार प्रहरीले आधिकारिक प्रतिक्रिया दिइसकेको छैन ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार