Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३ बैशाख २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    रुपन्देही। जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका-१ रानीकुवा बस्ने ३७ वर्षीय मान बहादुर छहारी मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    मगरले ती किशोरीलाई ललाई फकाई आफ्नै घरमा बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार