Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सनसिटीको संक्रमित परिवारमा एक जनाकाे रिपोर्ट नेगेटिभ

    सनसिटीको संक्रमित परिवारमा एक जनाकाे रिपोर्ट नेगेटिभ

    अनलाइन नेपाल
  • बुधबार, ३ बैशाख २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने कोरोना भाइरस (कोभिड–१९) संक्रमित परिवारका एक जनाकाे रिपोर्ट नेगेटिभ आएको छ । साेमबार गरिएको र्‍यापिड टेष्टमा तीनै जनामा एन्टीबडी पोजेटिभ पाएपछि पाटन अस्पताल भर्ना गरिएको थियो ।

    उनीहरुमध्ये ८१ बर्षीया आमा र ५८ वर्षका छोरामा कोरोना संक्रमण पाइएको छ । ५२ वर्षकी बुहारीको पहिलो रिपोर्ट पोजेटिभ नआएपछि पुनः परीक्षण गरिएको थियो । त्यसको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।



    तर र्‍यापिड टेष्टमा उनको रिपोर्ट पोजेटिभ आएकाले उनलाई यसअघि कोरोना संक्रमण भएको तर अहिले निको भइसकेको बुझिने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार