Online Nepal
  • मंगलबार, १३ फाल्गुन २०८१
  • सनसिटीमा बस्नेको र्यापिट टेष्ट सुरु

    सनसिटीमा बस्नेको र्यापिट टेष्ट सुरु

    अनलाइन नेपाल
  • बुधबार, ३ बैशाख २०७७
  • 2.4K
    SHARES

    ललितपुर । राजधानीको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने २ जनालाइ कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएपछि त्यहाँ बसोबास गर्ने सबैको कोरोना भाइरसको परीक्षण सुरु भएको छ । बुधबार बिहान साढे नौ बजेबाट र्‍यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु भएको जनाइएको छ ।

    अपार्टमेन्टमा बस्दै आएका एकै परिवारको ३ जनामा आरडिटीबाट कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएपछि अहिले त्यहाँ सिल गरिएको छ । २ जनाको पीसीआरबाट कोरोना भएको पुष्टि भएको छ भने एक जनाको परीक्षणको नतिजा आउन बाँकी छ ।



    अहिले ९० परिवारका २ सय ४३ जनाको परीक्षण भइरहेको छ ।  मंगलबार ब्लक ‘ए’ मा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलो दिन ‘ए’ ब्लकका २४३ जनाको परीक्षण गर्न कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए ।

    स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता दिएर तीन वटा टेबलबाट परीक्षण भइरहेको पनि थापाले जानकारी दिए । सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार