Online Nepal
  • शनिबार, ३१ जेष्ठ २०८२
  • ‘सुर्खेतमा पनि कोरोना देखियो’ भन्दै फेसबुकमा लेख्ने धर्मराज पक्राउ

    ‘सुर्खेतमा पनि कोरोना देखियो’ भन्दै फेसबुकमा लेख्ने धर्मराज पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३ बैशाख २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    सुर्खेत । सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मङ्गलबार साँझ पक्राउ गरेको हो ।

    प्रहरीले आचार्यलाई फेसबुकमा ‘सुर्खेतमा पनि कोरोना देखियो, पुष्टि हुन बाँकी’ भन्ने स्टाटस लेखेकाले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीले आचार्यलाई कारवाही गर्न अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । प्रहरीले ‘लेकबेँसी नगरपालिका वडा नं १ मा एक जनामा कोरोना देखियो’ भनेर फेसबुकमा पोष्ट गर्ने पे्रम विवश नामक प्रयोगकर्तालाई पनि खोजी गरिरहेको छ ।



    प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका ल्याब इञ्चार्ज ओम आचार्यले कर्णाली प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण फेला नपरेको जानकारी दिए।
    रासस

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार