Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • दिल्लीबाट आएका २ जनाको र्‍यापिड टेष्ट पाेजेटिभ

    दिल्लीबाट आएका २ जनाको र्‍यापिड टेष्ट पाेजेटिभ

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०७७
  • 1.8K
    SHARES

    राजविराज — दिल्लीको निजामुद्धिनस्थित तबलिकी जमातमा सहभागी भई घर आएर बसेका ८ मध्ये दुई जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण रिपोर्ट पोजिटिभ आएको छ ।

    गजेन्द्रनारायण सिह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासका अनुसार मंगलबार गरिएको ७ जनाको र्‍यापिड डाइगनोस्टिक टेस्ट (आरडीटीं) मा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको छ। अन्य ५ जनाको रिर्पोट नेगेटिभ आएको डा. दासले जनाए।



    रिपोर्ट पोजेटिभ देखिएकामध्ये एकजना तिलाठी कोईलाडी गाउँपालिकाका र अर्का खडग नगरपालिकाका भएको उनले जानकारी दिए। पोजिटिभ देखिएकाहरुलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आईसोलेसनमा राखिएको छ भने बाँकी ५ जनालाई खडग नगरपालिकाको क्‍वारेन्टाइनमा पठाइने डा. दासले जनाए। पोजिटिभ र नेगेटिभ रिपोर्ट आएकाहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ।



    उनीहरुमध्ये ३ जना सप्तरीको खडग नगरपालिकाका तथा राजविराज नगरपालिका, सुरुङगा नगरपालिका र तिलाठी कोइलाडी, बिष्णुपुर र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका १–१ जना रहेका छन्।

    गत मार्च ८ र ९ तारिखमा दिल्लीको निजामुद्धिनमा भएको तबलिकी जमातमा सहभागी भई आफ्नै घरमा बसिरहेका ७ जनालाई स्थानीय जनप्रतिनिधि र जिल्लास्थित उच्च संयन्त्रले सूचना पाएपछि घरबाटै परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो। १ जनाको अझै खोजी भइरहेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार