Online Nepal
  • मंगलबार, १० असार २०८२
  • दुई जनामा र्‍यापिड टेष्ट पाेजेटिभ देखिएपछि छिमेकी जिल्लाबाट काभ्रे प्रवेशमा रोक

    दुई जनामा र्‍यापिड टेष्ट पाेजेटिभ देखिएपछि छिमेकी जिल्लाबाट काभ्रे प्रवेशमा रोक

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०७७
  • 1.9K
    SHARES

    काभ्रे । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट दुई जनामा कोरोना संक्रमण पोजिटिभ देखिएपछि जिल्ला प्रशासन कार्यलय काभ्रेले जिल्ला प्रवेश गर्ने पैदलयात्रीलाई रोक लगाएको छ ।

    लकडाउनका कारण उपत्यकामा रोकिएका विभिन्न जिल्लाका सयभन्दा बढी संख्यामा पैदलयात्री काभ्रे हुँदै गृहजिल्ला जान थालेपछि प्रशासनले सूचना जारी गरेको हो। लकडाउनलाई प्रभावकारी बनाउन जिल्लाभित्र अनावश्यक रुपमा हिँड्डुल गर्नेलाई सोही स्थानबाट नियन्त्रणमा लिने, छिमेकी जिल्लाबाट पैदल नै जिल्ला प्रवेश गर्नेलाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए।



    अत्यावश्‍यक सेवाबाहेकका सवारी पास नलिएका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको पनि प्रशासनले जनाएको छ। कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै सरकारले घोषणा गरेको लकडाउनका कारण यातायातका साधन नचलेपछि काठमाडौंबाट मानिसहरु बीपी राजमार्ग हुँदै पैदल नै तराईका जिल्ला गइरहेका छन्। लकडाउन लम्बिएपछि काठमाडौंबाट बेखर्ची भएर उनीहरु घर हिँडेका हुन्।

    काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका दुई जनाको र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ आएको हाे । उनीहरूलाई थप परिक्षणका लागि धुलिखेल अस्पतालमा ल्याईएको छ ।

    जिल्लाको बेथानचोक गाउँपालिकाका २८ वर्षीय र मण्डनदेउपुर नगरपालिकाका २३ वर्षीय व्यक्तिको र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ आएको हो । बेथानचोकका व्यक्ति भारतबाट गत ९ चैतमा घर फर्किएका थिए भने मण्डनपुरका व्यक्ति ७ चैतमा दुबईबाट आएका थिए । उनीहरूको धुलिखेल अस्पतालमै स्वाब परीक्षण गरिने भएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार