Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • थर्मलगन कालोबजारी प्रकरण

    अग्रवाललाई छुटाउने कैलाशचन्द्र गोयलकाे याेजना तुहियाे

    अग्रवाललाई छुटाउने कैलाशचन्द्र गोयलकाे याेजना तुहियाे

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडौं । चीनबाट सुरू भइ विश्वभर महमारीका रूपमा फैलिएकाे काेराेना भाइरसको ज्वरो नाप्ने थर्मलगन कालोबजारी गर्दागर्दै पक्राउ परेका शंकर ग्रुपका संचालक सुलभ अग्रवालमाथि अनुसन्धान गर्न दाेस्राे पटक म्याद थप भएपछि ललिता निवास बालुवाटारको जग्गा दर्ता गर्ने कैलाशचन्द्र गोयलकाे याेजना तुहिएकाे छ।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई दाेस्राे पटक अनुमति दिएपछि गाेयलकाे याेजना तुहिएकाे हाे। अग्रवाललाई छुटाउन गोयल सक्रिय भएका थिए । तर प्रजिअ जनकराज दाहालले उनलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएपछि गाेलयकाे याेजना चकनाचुर भएकाे हाे। ।



    उनलाई मुलकी अपराध संहिता अनुसार अदालतमा मुद्दा चलाउनुपर्नेमा गोयलहरु कालोबजारीमा मुद्दा चलाएर छुटाउने खेलमा लाग्दैआएका छन् । उनीहरु आजै कालोबजारी ऐन अन्तर्गत बढीमा १ बर्ष कैदको माग गर्ने र केही लाख धरौटीमा छुटाउने कोसिसमा लागेका थिए । तर प्रमुख जिल्ला अधिकारी दाहालले महामारीमा कालोबजारी गर्ने अग्रवाललाई मंगलबार थप पाँच दिन हिरासतमा राख्ने अनुमति दिएर बीचौलिया गोयलको योजना चकनाचुर पारिदिएका छन् । यसअघि उनलाई ७ दिन म्यादथप गरिएको थियो ।



    थर्मलगन कालोबजारी गरेको अभियोगमा सुलभलाई गत २५ चैत्रमा महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले नक्सालबाट पक्राउ गरेको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार