Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कति दिन थपियाे लकडाउनकाे समय सीमा?

    कति दिन थपियाे लकडाउनकाे समय सीमा?

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०७७
  • 2.4K
    SHARES

    काठमाडौँ । चीनबाट सुरू भइ विश्वभर महमारीका रूपमा फैलिएकाे काेराेना भाइरसकाे सक्रमण राेकथामका लागि सरकारले तेस्राे पटक लकडाउनकाे समय सीमा थप गरेकाे छ। सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको हाे ।

    विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्‍नका लागि चैत ११ बाट थालिएको लकडाउन बढाउने सरकारले निर्णय गरेको हो ।



    केहीबेरअघि मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो एक मन्त्रीले बताए। एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमणहरु भेटिएपछि बढाएर सरकारले संक्रमण देखिदै गएपछि बढाउँदै लगेको हो। भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिदै थियो। नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ। आज म‌ंगलबारमात्रै राजधानीको सन सिटी अपार्टमेन्टमा बस्ने दुई जनामा संक्रमण पुष्टि भएको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार