Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

    १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०७७
  • 2.1K
    SHARES

    धनगढी । कैलालीमा १७ वर्षीया किशोरीलाई सामूहिक रुपमा जबरजस्तीकरणी गरेको आरोपमा चार युवक पक्राउ परेका छन्।

    जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ को चनौरामा सोमबार दिउँसो आफन्तको घरबाट धनगढी फर्किने क्रममा किशोरीलाई जबरजस्तीकरणी गर्ने चार युवकलाई पक्राउ गरिएको प्रहरीले जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।



    पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका वडा नम्बर ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद,२० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेको रहेका छन ।



    उनीहरूले गौरीगंगा नगरपालिकाको वडा नम्बर १ खुरखुरीया नजिककै किशोरीको साथमा रहेका तीन जनालाई कुटपिट गरी किशोरीलाई एक सय मिटर टाढा घिसारेर लिई बलात्कार गरेको प्रहरीले जनाएको छ। प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार