Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • काठमाडौंमा थप दुईजनामा कोरोना संक्रमण : स्वास्थ्य मन्त्रालय

    काठमाडौंमा थप दुईजनामा कोरोना संक्रमण : स्वास्थ्य मन्त्रालय

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । काठमाडौंमा थप दुईजनामा कोरोना पुष्टि भएको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयले मंगलबार एकै परिवारका दुईजनामा कोरोना पुष्टि गरेको हो। काठमाडौंमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ।

    कागेश्वरी मनोहरा नगरपालिका ९ पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुईजनामा कोरोना संक्रमण देखिएको हो। आरडीटी परीक्षणबाट एकै परिवारका तीनजनामा कोरोना संक्रमण देखिएपछि पुन: परीक्षण गर्दा दुईजनामा पोजेटिभ देखिएको मन्त्रालले पुष्टि गरेको छ।एकजनाको भने कोरोना नदेखिएको मन्त्रालयले जनाएको छ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको छ भने अर्का १ जनाको पहिलो परीक्षण नेगेटिभ देखिएको छ ।अपार्टमेन्टमा बस्ने सबैजनाको कोरोना परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।अपार्टमेन्टमा कोरोना पुष्टि भएपछि त्यहाँ बस्ने सबैजनाको परीक्षण सुरु गरिएको छ।



    त्यस्तै संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको मन्त्रालयले फेसबुकमार्फत जानकारी दिएको छ । संक्रमित दुवैजना चैत्र ५ गते बेलायतबाट काठमाडौं आएका थिए।तीनैजनाको पाटन अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

    यस्तै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ। काठमाडौंमा ३, बागलुङमा २, रौतहटमा १, वीरगन्जमा ३, कैलालीमा ५, धादिङमा १ गरी १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। एकजना भने संचो भएर घर फर्किसकेका छन्।संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सम्बन्धित अस्पतालले जनाएका छन्।

    हेर्नुहोस् मन्त्रालयको सूचना

    पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परीवारका ३ जना कोभिड-१९ को शंकास्पदहरूको मिति २०७७ साल बैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना (५८ बर्षिया पुरुष, ८१ बर्षिया महिला) को पोजेटिभ देखिएकोले पीसीआरबाट थप परिक्षण गर्दा समेत पोजेटिभ रिपोर्ट देखिएको छ भने बाँकी १ जनाको पहिलो परिक्षणमा कोभिड-१९ पोजेटिभ नदेखिएको र उल्लेखित ३ जना व्यक्तिहरू क्वारेन्टाईन टाउन प्लानिंङ स्थित निवासमा बसोबास गर्दै आएको व्यहोरा समेत जानकारीका लागि अनुरोध छ । उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परिक्षण आजैबाट सुरू गरिएको छ भने निजहरू संग संलग्नहरूको tracing सुरू भएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार