Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • काेराेना संक्रमण पुष्टिपछि सनसीटीका १८ सय ब्यक्ति जोखिममा

    काेराेना संक्रमण पुष्टिपछि सनसीटीका १८ सय ब्यक्ति जोखिममा

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०७७
  • 3.1K
    SHARES

    काठमाडौं। काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका कोरोनाका शंकास्पद तीनै जनाकाे परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । पिसिआर प्रविधिबाट परीक्षणमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार २ जनाकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे।

    बेलायतबाट फर्केर काठमाडौंमा बसेका उनीहरुको र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि सोमबार पाटन अस्पतालको आइसुलेसनमा लगिएको थियो । उनीहरु एकै परिवारका ८१ वर्षीया वृद्धा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारी रहेका छन्।



    आरडिटी टेष्टमा पोजेटिभ देखिएपछि उनीहरुलाई सोमबार नै अस्पताल भर्ना गरिएको हो । उनीहरुमा संक्रमण पुष्टि भएसँगै अपार्टमेन्टमा बस्ने करिब पाँच सय परिवारका १८ सय जना जोखिममा परेका छन् । साथै उनीहरुबाट थप व्यक्तिमा संक्रमण भएको हुनसक्ने भएकाले उपत्यका नै जोखिममा छ ।



    अपार्टमेन्ट शिल भइसकेको छ । त्यहाँ बस्नेको सबैको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी छ । धेरैले लिफ्ट प्रयोग गर्ने भएकाले त्यसबाटै संक्रमण भएको आशंका गरिएको छ ।
    तीन जना गत ५ चैतमा कतार एयरलाइन्सबाट आएका थिए । एयरलाइन्सका अन्य यात्रुको पनि खोजि सुरु भएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार