Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कोरोना शंकास्पद सनसिटी अपार्टमेन्टका तीनमध्ये २ जनाको रिपोर्ट पोजेटिभ

    कोरोना शंकास्पद सनसिटी अपार्टमेन्टका तीनमध्ये २ जनाको रिपोर्ट पोजेटिभ

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०७७
  • 2.1K
    SHARES

    काठमाडौं : काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका कोरोनाका शंकास्पद तीन जनामा दुईजनाको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार दुई जनामा संक्रमण पुष्टि भएको र एक जनाको रिपोर्ट साँझसम्म आउनेछ ।

    उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।



    उनीहरु मध्ये दुई जना (छोरा र बुहारी) को रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एक (आमा) को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।



    सनसिटीमा पाँचवटा विल्डिङ छन् । अहिले कोरोना संक्रमण देखिएको परिवार ए बिल्डिङमा बस्दै आएका थिए । र्‍यापिड टेष्टमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ । त्यहाँ रहेका मानिसहरुलाई बाहिर जान दिइएको छैन । उनीहरुको र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि सोमबार पाटन अस्पतालको आइसुलेसनमा लगिएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार