Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • संक्रमितको असहयोगले ‘कन्ट्रयाक्ट ट्रेसिङ’ मा समस्या

    संक्रमितको असहयोगले ‘कन्ट्रयाक्ट ट्रेसिङ’ मा समस्या

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०७७
  • 2.2K
    SHARES

    काठमाडौँ । नारायणी अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमित तीन भारतीय नागरिकले मोबाइल नम्बर उपलब्ध नगराएपछि उनीहरूको ‘कन्ट्रयाक्ट ट्रेसिङ’ गर्न समस्या भएको छ।

    नेपाली सेना र नेपाल प्रहरीको टोली संक्रमित तीनै जनाको यात्रा इतिहास (ट्राभल हिस्ट्री) खोज्न कन्ट्रयाक्ट ट्रेसिङमा जुटेका थिए । तर उनीहरूले सुरक्षाकर्मीलाई आफूहरूले मोबाइल नै प्रयोग नगर्ने बताएपछि ट्राभल हिस्ट्री यकिन गर्न समस्या भएको एक सुरक्षा अधिकारीले कान्तिपुरलाई बताए ।



    ‘हामीले मोबाइल नम्बर उपलब्ध गराउनुस् भन्दा हामी मोबाइल नै बोक्दैनौं भनेर पन्छिएका छन्,’ ट्राभल हिस्ट्री खोजिरहेका ती प्रहरी अधिकारीले भने, ‘नेपाली, न भारतीय दूरसञ्चार कम्पनीका मोबाइल नम्बर, कुनै पनि दिएका छैनन् ।’



    प्रहरीका अनुसार १४ जनाको समूहमा नेपाल छिरेका उनीहरू सुनसरीको दुहबी, सदरमुकाम इनरुवा हुँदै सप्तरीको बोदेबरसाइन नगरपालिका–५, जाजरमा फागुन ३ मा भएको मुस्लिम सम्मेलनमा सहभागी भएका थिए । दुहबी र इनरुवामा करिब डेढ महिना बसेपछि जाजर पुगेका उनीहरू त्यसपछि रौतहट हुँदै पर्सा गएका थिए । वीरगन्जको मस्जिदमा चैत १३ मा पुगेका उनीहरू त्यसअघि पर्साकै अन्य तीनवटा मस्जिदमा बसेका थिए । तर यसबारे उनीहरूले यकिन विवरण अझै उपलब्ध गराएका छैनन् ।

    उनीहरूको रासन कार्ड भने प्रहरीले फेला पारेको छ । त्यसकै आधारमा उनीहरू कुन–कुन ठाउँ गए भन्नेबारे भारत सरकारसँग समन्वय गरेर विवरण संकलन गर्नुपर्ने निष्कर्षमा पर्साका सुरक्षाकर्मी पुगेका छन् । यसबारे प्रदेश प्रहरी हुँदै प्रहरी प्रधान कार्यालयलाई समेत जानकारी गराइसकिएको स्रोतले बतायो । कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार