Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • काठमाडौं परिसरमा ज्ञवाली र अपराध महाशाखामा थापालाई पठाउने तयारी

    काठमाडौं परिसरमा ज्ञवाली र अपराध महाशाखामा थापालाई पठाउने तयारी

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०७७
  • 6.1K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले १० जना एसएसपीलाई डिआईजी बढुवामा सिफारिस गरेसँगै प्रहरीमा पदस्थापन र सरुवाको दौडधुप सुरु भएको छ ।

    शुक्रबार सिफारिस भएका १० डिआईजीले आगामी बिहीवार या शुक्रबार दर्ज्यानी चिन्ह लगाएलगत्तै पदस्थापन हुने छ । बढुवामा महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदी र अपराध महाशाखा प्रमुख सहकुल थापा परेसँगै रिक्त हुने उक्त दुई स्थानमा केही   एसएसपीबीच प्रतिस्पर्धा सुरु भएको छ ।



    प्रहरी उच्च स्रोतका अनुसार परिसर र महाशाखाका प्रमुख दाबेदार श्यामलाल ज्ञवाली र दिपक थापा हुन । दुबै जना एउटै  ब्याचका हुन ।



    ज्ञवाली महानगरीय प्रहरी कार्यालयमा छन् भने थापा आर्थिक प्रशासन शाखामा छन् । श्यामलाल प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीका भाई समेत हुन् ।

    थापालाई अपराध महाशाखा र ज्ञवालीलाई काठमाडौं परिसरको प्रमुख बनाउन गृहमन्त्री रामवहादुर थापा र प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीबीच लगभग सहमति भइसकेको गृह स्रोतको भनाइ छ । काठमाडौं परिसर र अपराध महाशाखा चुनौतीपूर्ण र आकर्शक ठाउँ हुन।  प्रहरी अधिकारीको करिअरका लागि दुबै ठाउँ महत्वपूर्ण मानिन्छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार