Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भारतीय मिडियाकाे आराेपपछि जालिम मुखिया शंकाकाे घेरामा, ३४ जनाको स्वाब संकलन

    भारतीय मिडियाकाे आराेपपछि जालिम मुखिया शंकाकाे घेरामा, ३४ जनाको स्वाब संकलन

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०७७
  • 4.1K
    SHARES

    वीरगन्ज। भारतीय मिडियाले प्रशारण गरेको समाचारका कारण विवादमा परेका पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया मुखिया अन्तत: शंकाकाे घेरामा परेका छन्। शंकाकाे घेरामा परेपछि उनकाे पनि स्वाब परिक्षणका लागि हेटौंडाको प्रयोगशालामा पठाइएको छ। मियासँगै उनको घरमा रहेका परिवारका सदस्यसहित ३४ जनाको स्वाब सोमबार संकलन गरि परिक्षणका लागि हेटौंडाको प्रयोगशालामा पठाइएको हो।

    पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले वीरगन्जमा कोरोना भाइरसका ३ जना भारतीय संक्रमीत भेटिएपछि शंकास्पद व्यक्ति सबै व्याक्तिका स्बाब संकलन गर्न स्थानीय प्रशासनले नारायणी अस्पताललाइ निर्देशन दिएको बताए। त्यस क्रममा ३ जना संक्रमितसँगै सम्पर्कमा रहेका र अन्य शंकास्पद गरि सोमबार ३४ जनाको स्वाब संकलन गरि परिक्षणका लागि हेटौंडाको प्रयोगशालामा पठाइएको जानकारी दिए। उनले भने ‘मियाको मात्र नभइ शंकास्पद सबैको स्वाब संकलन गरेर प्रयोगशालामा पठाउने निर्देशन अस्पताललाई दिएका छौं। त्यहि अनुसार अस्पतालले काम गरिरहेको छ।



    नारायणी अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीको टोलीले वीरगन्जको पावरहाउस चोक नजिकै रहेको मियाको घरमै पुगेर कोरोना संक्रमणको आशंकामा परिक्षणका लागि मियासहितको उनको परिवारका १७ जनाको स्वाब संकलन गरेको हो।



    भारतको टिभी ९ , न्युज १८ , जि न्युज , एबीपीलगायतका टेलिभिजन च्यानलले नेपालको पर्साको जगरनाथपुरको जानकीटोला निवासी जालिम मिया मुखिया नामका व्याक्तिले नेपालबाट कोरोनाका शंकास्पद ४० देखि ५० बिरामीलाई भारतमा घुसपैठ गराउन साजस गरिरहेको खबर भारतीय सुरक्षाकर्मीको हवाला दिएर चैत २८ गते प्रशारण गरेका थिए।

    भारतीय मिडियाले आफु माथि लगाएको भ्रामक र निराधार आरोप झुठो रहेको पुष्टि गर्नका लागि नै आफुले आफनो परिक्षणका लागि स्वास्थ्यकर्मीलाई घरमा बोलाएको जालिमले संचारकर्मीहरुलाई वताउने गरेका छन् ।

    जालिमका केही सहयोगीले पनि अनलाइन नेपालमा फोन गरेर भारतीय मिडियामा आएको जालिमको समाचार झुटो  चरित्रहत्या र भ्रम फैलाउने गरी एकतर्फी रुपमा प्रवाह भइरहेको वताएका छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार