Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • रौतहटमा भेटिएका काेराेना पाेजेटिभ युवक कहाँबाट आएका थिए?

    रौतहटमा भेटिएका काेराेना पाेजेटिभ युवक कहाँबाट आएका थिए?

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०७७
  • 3.9K
    SHARES

    रौतहट । स्वास्थ्य मन्त्रालयले सोमबार कोभिड १९ (कोरोना भाइरस) संक्रमण पुष्टि गरेका रौतहटका युवक लकडाउनपछि भारतबाट पैदलै नेपाल प्रवेश गरेको खुलेको छ ।

    प्रहरी स्रोतका अनुसार उनीहरु भारतको राजधानी नयाँ दिल्लीमा ब्याग बनाउने कम्पनीमा कार्यरत उनीहरु औषधि बोकेको ट्रकमा बिहारको मोतिहारी आइपुगेका थिए। त्यहाँबाट पैदलै आएका उनीहरु नेपालको गौर र भारतको बंजाराको बीचको चोरबाटोबाट आएका थिए।



    रौतहट प्रहरी स्रोतका अनुसार ईशनाथ नगरपालिकाका यी १९ वर्षी युवा लकडाउन भइसकेपछि चैत १६ गते चारजना साथीरुको समूहमा नेपाल फर्किएका थिए । १६ गते उनीहरु ईशनाथ नगरपालिकास्थि घर पुगेक थिए भने १७ गते उनीहरुलाई त्यहींको ओरैया माविमा क्वारेन्टाइनमा राखिएको थियो।



    परीक्षणमा अन्य तीनजनामा भने कोरोना पोजेटिभ देखिएको छैन। कोरोना देखिएका युवालाई वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको पनि प्रहरीले बताएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार