Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • तीन जनामा कोरोना आशंकापछि काठमाडौंमा प्रहरीको उच्च सतर्कता

    तीन जनामा कोरोना आशंकापछि काठमाडौंमा प्रहरीको उच्च सतर्कता

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडौं। पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनालाई कोरोना भाइरस (कोभिड–१) को आशंकामा अस्पताल भर्ना गरिएसंगै काठमाडौंमा प्रहरीले सक्रियता बढाएको छ।

    अपार्टमेन्टलाई नै सिल गरेर  प्रहरीले उच्च सतर्कता अपनाएको छ । अहिलेसम्म सुरक्षित मानिएको काठमाडौंमा एकाएक एउटै परिवारका तीन जनालाई कोरोना पोजिटिभ देखिएपछी काठमाडौंका जनताहरु चिन्तित बनेका छन्।



    अपार्टमेन्टको १५ तल्लामा बस्दै आएका उनीहरुमाथि र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो।



    पाटन अस्पतालका अनुसार पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको छ ।  उनीहरुले ढिला जानकारी दिएका कारणले पनि थप आशंका उब्जाएको छ।  लकडाउन हुनु अघि उनीहरु विदेशबाट आएको र अपार्टमेन्टमामा बसेको खुलेको छ ।

    त्यसो त आइतबार र्‍यापिड टेस्टमा पोजिटिभ देखिएकी बाग्लुङकी एक महिलाको सोमबार पोखरामा गरिएको पिसिआर टेस्टमा भने नतिजा नेगेटिभ देखिएको थियो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार