Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • लण्डनबाट आएका तीन जनामा कोरोना र्‍यापिड टेष्ट पाेजेटिभ, पाटन अस्पताल लगियो

    लण्डनबाट आएका तीन जनामा कोरोना र्‍यापिड टेष्ट पाेजेटिभ, पाटन अस्पताल लगियो

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०७७
  • 2.9K
    SHARES

    काठमाडौं। पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनालाई कोरोना भाइरस (कोभिड–१) को आशंकामा अस्पताल भर्ना गरिएको छ।

    अपार्टमेन्टको १५ तल्लामा बस्दै आएका तीन जनामाथि कोरोनाको आशंका गरिएको र उनीहरुको थप टेस्टको लागि पाटन अस्पताल पठाएको प्रहरीले जनाएको छ । पाटन अस्पतालका अनुसार पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको
    छ ।



    आमा, छोरा र बुहारीलार्ई र्यापिड  टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ  ।



    उनीहरु  ५ चैतमा लण्डनबाट फर्किएकका थिए । अपार्टमेन्टमा प्रहरीले सिल गरी  रोक लगाएको छ । टेकुमा आइसोलेसन वार्ड नभएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । लकडाउन हुनु अघि उनीहरु विदेशबाट आएको र अपार्टमेन्टमामा बसेको खुलेको छ । यो  घटनासँगै काठमाडौंमा प्रहरीले सक्रियता बढाएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार