Online Nepal
  • मंगलबार, १० असार २०८२
  • राहत नदिएपछि वडाअध्यक्षमाथि कुटपिट

    राहत नदिएपछि वडाअध्यक्षमाथि कुटपिट

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०७७
  • 2.3K
    SHARES

    फाइल : तस्बिर

    इटहरी । सुनसरीको इनरुवा नगरपालिकाका एक जना वडाध्यक्ष कुटिएका छन् । राहत वितरणमा भेदभाव गरेको भन्दै उनीमाथि कुटपिट भएकाे हाे। राहत वितरणका लागी इनरुवा ८ स्थित दलित वस्तीमा पुगेका वडाअध्यक्ष रविन्द्र मण्डललाई स्थानीयले कुटपिट गरेका हुन् ।

    राहत वितरणको तयारी हुँदै गर्दा स्थानियहरुले वडाअध्यक्ष रविन्द्र मण्डललाई चारैतर्फबाट घेरा हालेर कुटेका थिए । स्थानीयले उनीमाथि लाती मुक्काले हिर्काएका थिए ।



    वस्तीमा हुनेखानेलेसमेत राहत मागेको तर आफूले अतिविपन्नलाई मात्र राहत दिने बताएपछि केही मानिसले हातपात गरेको बताए । कुटपिट सुरु भएपछि प्रहरीले तत्कालै वडाअध्यक्षको सुरक्षाका लागि प्रहरी पठाएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार