Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • उद्धार गर्न सरकारलाई आग्रह

    उद्धार गर्न सरकारलाई आग्रह

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०७७
  • 1.3K
    SHARES

    काठमाडाैँ। नेपाल तरुण दल बैतडीले सीमानाकामा फसेका नेपाली मजदूरलाई तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।

    सीमामा अलपत्र परेका नागरिकको पीडा बुझेर तत्काल उद्धार गरी नेपालमै क्वारेन्टाइनमा राख्न तरुण दलले आग्रह गरेको हो । तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सीमापारि नेपालीले ठूलो कष्ट भोगिरहेकाले उनीहरुलाई स्वदेश फर्काई क्वारेन्टाइनमा राख्न आग्रह गरिएको छ ।



    दूधे बालकसहित महिला तथा पुरुष झुलाघाट र धार्चुलालगायतका सीमामा फसेकाले उनीहरूको उद्धार गरी स्वदेश फर्काउन पनि तरुण दलले आग्रह गरेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार