काठमाडौं । नयाँ वर्षको दिन आज कैलालीमा थप एकजना कोरोना संक्रमित भेटिएका छन्।
लम्कीचुहा नगरपालिका–१ मा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो । यो सँगै भने नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ भने कैलालीमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ ।
उनीसहित १७ जना चैत्र ९ गते cवीरगन्जबाट लम्की चुहा नगरपालिकामा आएका थिए। पहिला क्यारेन्टाइनमा बस्न नमाने पनि पछि सबैले बस्न भनेपछि मानेका थिए।
लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकी ती महिलाको र्यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।
उनलाई एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पठाएको छ ।
५१ जना रहेको क्वारेन्टाइनबाट टीकापुर अस्पतालका स्वास्थ्यकर्मीको टोलीले ४४ जनाको स्वाब संकलन गरेको थियो। काठमाडौंबाट आएको टोलीले २५ गते र्यापिड र स्वाब दुबै संकलन गरेको थियो । लम्की चुहामै ९९ जनाको स्वाब संकलन भएको थियो । ९८ जनाको नेगेटिभ आयो। यसअघि लम्कीकै २१ वर्षीय युवकमा पनि कोरोना पोजिटिभ देखिएको थियो।
सरकारले भने आधिकारिक घोषणा गरिसकेको छैन ।
Leave a Reply