Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सुलभ पक्राउ पर्दा चौधरीलाई ठूलो धक्का, मेडिकल कालोबजारीमा साझेदारी !

    सुलभ पक्राउ पर्दा चौधरीलाई ठूलो धक्का, मेडिकल कालोबजारीमा साझेदारी !

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०७७
  • 6.3K
    SHARES

    काठमाडौं। कूटनीतिक नम्बर प्लेटकै गाडीमा स्वास्थ्य सामग्री राखेर कालोबजारी गर्दागर्दै शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ परेपछि धनाड्य व्यापारी विनोद चौधरीलाई ठुलो धक्का लागेको छ ।

    चौधरी ग्रुपका संस्थापक विनोद चौधरीले स्थापना गरेको नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष तथा जगदम्बा र शंकर ग्रुपका संचालक समेत रहेका अग्रवाल र चौधरीबीच सुमधुर सम्बन्ध रहँदै आएको छ।



    नेपाल उद्योग वाणिज्य महासंघमा चुनाव हारेपछि चौधरीले मारवाडी समुहका व्यापारीहरुको जमात बनाएर सीएनआईको स्थापना गरेका थिए। मारवाडी समुहका व्यापारीहरुलाई सीएनआईमा लैजाने भुमिका पनि चौधरीकै स्वार्थमा अग्रवालले खेलेका थिए।



    सीएनआईका एक पदाधिकारीका अनुसार अग्रवाललाई सीएनआईको उपाध्यक्ष बनाउने भूमिका पनि चौधरीले खेलेका थिए भने कतिपय कामहरुमा चौधरीले अग्रवाललाई सघाउंदै आएका थिए।

    चौधरीले सीएनआईमार्फत सरकारलाई दबाब दिने खालका निर्णय र आफ्नो स्वार्थ अनुसारका एजेन्डा पारित गराउन पनि अग्रवाललाई प्रयोग गर्दै आएको स्रोत वताउंछ। कालोबजारी प्रकरणमा अग्रवाल पक्राउ परेपछि चौधरीसँग उनको कनेक्सनको कुरा पनि बाहिर आएको छ।

    चौधरी-अग्रवाल कनेक्सन

    चौधरी फाउन्डेसन, नर्भिक लगायतका निजी अस्पतालका सामान ल्याउन चैत २० मा चीनको ग्वाङ्झावका लागि वाइडबडी विमान चार्टर गरिएको थियो ।

    अरु  मेडिकल सप्लायर्सले सामान ल्याउन चार्टर गर्न खोज्दा निगमले नदिइरहेको अवस्थामा चौधरी ग्रुपले उक्त जहाज चार्टर गरेको थियो । अरु ब्यापारीका मेडिकल सामान पनि ल्याउने भनेर लगिए पनि जहाजले चौधरी ग्रुप र जगदम्बाका साहिल अग्रवाल र सुलभ अग्रवालका सामान मात्र लिएर आएको थियो ।

    चौधरी ग्रुपले त्यही सामानमध्येका केही सामान स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका थिए । तर उक्त विमानमा आएको ठूलो परिमाणको सामान चौधरी फाउन्डेसनले कहाँ लग्यो? के कति परिणाममा के के सामान ल्याइएको थियो? त्यसको पारदर्शी विवरण सरोकारवाला निकायले माग्ने हो भने कालोबजारीमा चौधरी ग्रुपसमेतको संलग्नता खुल्ने एक प्रहरी अधिकारी वताउँछन् ।

    निगमको बिमानमा चैत २० मा ल्याइएका थर्मोगन, मास्क लगायतका मेडिकल सामग्री जगदम्बाले कालोबजारी गर्दैआएको थियो । जगदम्बालाई नै चौधरी ग्रुपले त्यो दिन ल्याइएका सामान कालोबजारीमा बिक्री गर्न दिएको स्रोतको दाबी छ ।

    चीनबाट चैत २० मा के- के सामान नेपालमा ल्याइए त ? यो कुराको खोजी हुँदै जाने हो भने मेडिकल उपकरणको कालोबजारीमा चौधरी समुह मुछिएको तथ्य बाहिर आउने स्रोत वताउँछ।

    प्रहरी स्रोतका अनुसार मेडिकल सामग्रीमा साझेदारीको बिषयमा चौधरीलाई जोगाउनकै लागि अग्रवालले बयानका क्रममा चौधरी समुहसँगको कनेक्सनको कुरा खुलाएका छैनन् ।

    चौधरी ग्रुपले अबैध रुपमा बिदेशमा रकम लैजाले गरेको खुलासा

    देशकै ठुलो व्यापारिक समुह चौधरी ग्रुपले अबैध रुपमा बिदेशमा रकम लैजाले गरेको खुलासा भएको छ । केही दिन अघि मात्र पूर्व संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उक्त कुराको खुलासा गरेका थिए ।

    चौधरी ग्रुपले गैरकानुनी बाटोबाट बर्षेनी अर्बौं रकम विदेश लगेको हुँदा उक्त रकम रोक्न समेत उनले माग गरेका थिए। बास्कोटाले सामाजिक संजालमा नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीलाई बधाई तथा शुभकामना दिदै त्यस्तो गैरकानुनी काम रोक्न सुझाव दिएका थिए ।

    गभर्नर अधिकारीलाई शुभकामना दिंदै बास्कोटाले भनेका थिए–‘एनबी इन्टरनेशनल जस्ता कम्पनीले पश्चदर्शी कानुन बनाउन लगाउने सफलता मार्फत गैरकानुनी बाटोबाट लाभांशका नाममा विदेश पठाउँदै गरेको अर्बौ रकम रोक्न सक्नुहोस् ।

    बास्कोटाले भनेको एनबी इन्टरनेशनल आयरल्याण्डमा रहेको कम्पनी हो । यो कम्पनीमा चौधरी ग्रुपको लगानी छ । चौधरी ग्रुपका प्रमुख बिनोद चौधरी हुन। चौधरी ग्रुपले एनबी इन्टरनेशनल मार्फत नबिल बैंकमा लगानी गरेको छ ।

    बैंकमा एनबी समूहको ५० प्रतिशत लगानी छ । अर्थात बैंकले दिने लाभांशको ५० प्रतिशत रकम एनबी समूह मार्फत विदेश जान्छ । पूर्व मन्त्री बास्कोटाले यसरी रकम विदेश जानु गैरकानुनी रहेको दाबी गर्दै त्यसलाई रोक्न नवनियुक्त गभर्नरलाई सुझाव दिएका हुन् ।

    मन्त्री रहँदै बास्कोटा चौधरी समूहका बिरुद्ध खरो रुपमा उत्रिने गरेका थिए । उनैले चौधरी समूहको सिजी टेलिकमको लाइसेन्स खारेज समेत गरिदिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार