Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउनमा स्थिती बिग्रिएपछि गृहमन्त्रीले दिए राजीनामा

    लकडाउनमा स्थिती बिग्रिएपछि गृहमन्त्रीले दिए राजीनामा

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०७७
  • 2.5K
    SHARES

    एजेन्सी । टर्कीका गृहमन्त्री सुलेमानी सोयलुले लकडाउन लागू गर्न असफल भएपछि आफ्नो पदबाट राजीनामा दिएका छन् । सुलेमानलाई टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनको निकै नजिक भएको मानिन्छ । टर्कीका सबै ३१ शहरमा लकडाउन घोषणा गरिएको थियो तर घोषणालगत्तै तनावग्रस्त स्थिती पैदा भएको थियो ।

    त्यहाँको सरकारले शुक्रबार राती ४८ घण्टाको लकडाउन घोषणा गरेको थियो । शुक्रबार मध्य रातदेखि मानिसहरु आफ्नो घरबाट बाहिर निस्कन पाउँदैनथे तर लकडाउनको घोषणालगत्तै मानिसहरु किराना पसल र बेकरी सपमा सामान खरिद गर्नका लागि ह्वारह्वार्ती निस्कन थाले । हेर्दा हेर्दै स्थिती तनावपूर्ण हुन थाल्यो । प्रशासनले दैनिक उपभोग्य वस्तु तथा औषधीको खरिदमा कुनै प्रतिबन्ध नलाग्ने भनेर सम्झाएपनि स्थिती नियन्त्रणमा आउन सकेन ।



    तत्पश्चात्, तत्काल कर्फ्यू लागू गरेपछि सर्वसाधारण र विपक्षी नेताले भयंकर आलोचना गर्न थाले । इस्तानबुलमा १.६ करोड बस्छन् र मानिसहरु हतारहतार किनमेलका लागि बाहिर निस्कन थाले । शहरका मेयरले ट्वीटरमा भिडियो पोस्ट गर्दै आफूहरुलाई लकडाउनको विषयमा पहिले नै सूचित नगरिएको बताए ।



    पछि गृहमन्त्री सुलेमानले आफूले यस्तो स्थितीको पूर्ण जिम्मेवारी लिँदै ट्वीटरमा राजीनामा दिएको घोषणा गरे । सुलेमानीले ट्वीटरमा लेखे, ‘मैले जनताको सुरक्षाका लागि निर्णय लिएको थिएँ । यो संक्रमण रोक्नका लागि थियो ।’

    टर्कीमा यस्तो प्रकारको राजीनामा कमै हुन्छ । अन्तिम पटक सन् २०१३ मा एक मन्त्रीले राजीनामा दिएका थिए । टर्कीमा पनि कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा बढिरहेको छ । आइतबार कोरोनाभाइरसको कूल ५६ हजार ९ सय ५६ संक्रमित फेला परिसकेका छन् । यद्यपि, राष्ट्रपति अर्दोआनले राजीनामा स्विकार गरेका भने छैनन् । अर्दोआनले सुलेमान आफ्नो पदमा रहिरहने जानकारी दिएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार