काठमाडाैँ। लकडाउनका बेला भरुवा बन्दुकसहित दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले आइतबार धनुषाको मिथिला नगरपालिकाबाट भरुवा बन्दुकसहित मिथिला नगरपालिका-४ पुष्पलपुरका २६ वर्षीय सरोजकुमार महतो र ४४ वर्षीय राजकुमार लामालाई पक्राउ गरेकाे हाे ।
दिउँसो साढे २ बजेतिर भरुवा बन्दुक बोकेर पुष्पलपुर खोला हुँदै ज१२प १११५ नम्बरको पल्सर मोटरसाइकलमा गइरहेका उनीहरूहरुलाई जाँचका क्रममा पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।
उनका अनुसार उनीहरूमाथि अनुसन्धान भइरहकाे छ।
Leave a Reply