Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सफाइ पाउनासाथ महराले लिए संसदबाट यस्ताे सुविधा

    सफाइ पाउनासाथ महराले लिए संसदबाट यस्ताे सुविधा

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ । संघीय संसद सचिवालयले पूर्वसभामुख कृष्णबहादुर महरालाई गम्भीर अभियोगमा सफाइ पाउनासाथ पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा गाडी सुविधा उपलब्ध गराएको छ ।

    बलात्कार प्रयासको अभियोगबाट सफाइ पाएको केही समयपछि नै महराले सचिवालयबाट स्कर्पियो गाडी सुविधामा पाएर चढ्दै आएका छन् । उनले गाडीको मर्मतसम्भार खर्चसमेत सचिवालयबाट पाइरहेको जानकारी स्रोतले दिएको छ ।



    संसद सचिवालयकै एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा परेका महरा काठमाडौं जिल्ला अदालतले फागुन ५ मा सफाइ दिएपछि रिहा भएका हुन् ।



    सरकारले र संघीय संसद सचिवालयले ५ पूर्वसभामुख पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा सुविधा दिंदासमेत भेदभाव गरेको पाइएको छ ।

    सरकारले पूर्वसभामुखद्वय सुवास नेम्वाङ र ओनसरी घर्तीलाई गाडी, चालक, १ सय ५० लिटर पेट्रोल र मर्मत खर्चसमेत नियमित रूपमा दिने गरेको छ । सचिवालयले मन्त्रिपरिषदको निर्णयबाट नेम्वाङ र घर्तीलाई गाडीलगायतको सुविधा दिइएको जानकारी सचिवालय स्रोतले दिएको छ । नम्वाङ र घर्तीलाई सुविधामा स्कर्पियो गाडी दिइएको छ ।

    सचिवालयले मन्त्रिपरिषदको निर्णयबिना नै महरालाई गाडी सुविधा दिएको हो । सचिवालयले मन्त्रिपरिषदको निर्णयबिना नै पूर्वसभामुख रामचन्द्र पौडेललाई २०७३ सालदेखि गाडी सुविधा दिंँदै आएको छ ।

    संघीय संसद सचिवालयले पूर्वसभामुखद्वय दमननाथ ढुंगाना र तारानाथ रानाभाटलाई भने पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा गाडी सुविधा दिएको छैन । ढुंगाना र रानाभाटले गाडी सुविधा नमागेको र सरकारले समेत केही नभनेकाले गाडी सुविधा नदिइएको दाबी सचिवालय स्रोतले गरेको छ । कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार