Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • वीरगञ्जमा बसेका तीन जना भारतीयमा कोरोना पुष्टि, बाग्लुङमा पनि एक जनामा ‘र्‍यापिड टेष्ट’ पोजिटिभ

    वीरगञ्जमा बसेका तीन जना भारतीयमा कोरोना पुष्टि, बाग्लुङमा पनि एक जनामा ‘र्‍यापिड टेष्ट’ पोजिटिभ

    अनलाइन नेपाल
  • आइतबार, ३० चैत्र २०७६
  • 1.5K
    SHARES

    काठमाडौं । नेपालमा थप चार जनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १३ पुगेको छ। वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा राखिएका तीन भारतीय नागरिकलाई कोरोना संक्रमणको पुष्टि भएको हो ।

    नारायणी अस्पतालको आकस्मिक कक्षमा गत बिहीबार आएका २४ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्ष्यण देखिएपछि अस्पतालले उनीहरुको स्वाब संकलन गरेर हेटौडास्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा पठाएको थियो ।



    हेटौडामा पठाइएका मध्ये तीन जनाको रिपोर्ट शंकास्पद देखिएपछि प्रहरीले तीनजनालाई शुक्रबार साँझ नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेसनमा राखेको छ ।



    उनीहरु तीनैजना मुस्लिम धर्मका प्रचारक धार्मिक गुरु हुन् । भारत उत्तर प्रदेश घर भएका उनीहरु करिब १० दिनदखि वीरगन्ज २ छपकैयाको मस्जिदमा बस्दै आएका थिए । प्रहरीले उनीहरुलाई मस्जिदबाटै नियन्त्रणमा लिएर आइसोलेसनमा राखेको हो ।

    हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएका नमुनामध्ये तीनवटामा कोरोना भाइरस देखिएको हो। वीरगन्जबाट ल्याइएका तीन जानाको नमुना हेटौंडामा परीक्षण गर्दा पोजिटिभ देखिएपछि काठमाडौं पठाइएको थियो।

    टेकुमा पनि रिपोर्ट पोजिटिभ नै आएको एकजना सरकारी अधिकारीले बताएका छन्। सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु तीनै जना भारतीय नागरिक हुन्। पछिल्लो समय उनीहरु वीरगञ्जस्थित जामे मस्जिदमा बस्दै आएका थिए।

    बाग्लुङकी महिलाको कोरोना ‘र्‍यापिड टेष्ट’ पोजिटिभ

    त्यसैगरी भारत गएर फर्किएकी एक जना महिलामा पनि कोरोना संक्रमण भएको देखिएको छ । आइतबार बाग्लुङको काठेखोला गाउँपालिकामा जोखिम मानिएका ५७ जनाको द्रुत परीक्षण गरिएकोमा एक जनाको कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

    उच्च जोखिम मानीएका ५७ जना ब्याक्तीको द्रुत परीक्षणका क्रममा काठेखोला वडा नम्बर ६ बिहुँ इनारपानीकी एक ६५ बर्षीय महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको काडेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले जानकारी दिए ।

    र्यापिड टेष्टका क्रममा शंकास्पद देखिएपछि महिलालाई गाउँपालिकाकै क्वारेन्टिनमा राखिएको विकले बताए । उनको थप परिक्षणका लागि अहिले प्राविधिकहरुले स्वाब निकालिएको पनि उनले बताए । स्वाब परिक्षणको रिपोर्ट आएपछि कोरोना भएनभएको थप प्रष्ट हुने उनले बताए ।

    शंकास्पद देखिएकी महिला केहि साता अघि मात्रै भारतको तिर्थयात्रा गएर फर्कीएकी थिइन् ।

    यससँगै नेपालमा कोरोना संक्रमण देखिनेको संख्या १३ पुगेको छ । तीमध्ये २ जना बाग्लुङमा उपचार गराइरहेका छन् भने २ जना काठमाडौंमा र ४ जना धनगढीमा उपचार गराइरहेका छन् भने १ जना उपचारपछि घर फर्किसकेका छन् ।

    कोरोना संक्रमित भेटिएको छपकैया क्षेत्र शिलबन्दी
    तीन जना कोभिड–१९ का संक्रमित भेटिएको वीरगञ्ज महानगरपालिका २ को छपकैया र आसपासको क्षेत्रलाई शिलबन्दी गरिने भएको छ ।

    प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले छपकैया र आसपासको क्षेत्रलाई शिलबन्दी गर्ने निर्णय गरेको हो ।

    २६ जना वीरगञ्जको क्वारेन्टाइनमा
    वीरगञ्जमा भेटिएका तीन जना कोरोना संक्रमित भारतीय नागरिकसँग भेट गरेका २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई शनिबार बेलुका नै नियन्त्रणमा लिएर वीरगञ्जमा सिद्धार्थ माविस्थित क्वारेन्टाइनमा राखिएको हो ।

    वीरगञ्जबाट बिहिबार २४ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडामा पठाइएकोमा तीन जना बाहेक अरुको रिपोर्ट नेगेटिभ आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार