Online Nepal
  • शनिबार, ७ असार २०८२
  • वडा अध्यक्षले यस्ताे स्टाटस लेखेपछि घरमा फेला पर्याे बुलेट

    वडा अध्यक्षले यस्ताे स्टाटस लेखेपछि घरमा फेला पर्याे बुलेट

    अनलाइन नेपाल
  • आइतबार, ३० चैत्र २०७६
  • 3.2K
    SHARES

    बेनी । म्याग्दीका एक वडाध्यक्षले सामाजिक सञ्जालमा विवादास्पद स्टाटस लेखेपछि उनकाे घरमा बुलेट(गाेली) बरामद भएकाे छ। रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाको घरबाट प्रहरीले साेही स्टाटसकाे आधारमा आइतबार बुलेट (गोली) बरामद गरेको छ । प्रहरीले पाखापानीको कोटगाउँ स्थित शेरपुजाको घरबाट एक राउण्ड गोली बरामद गरेको हो ।

    गोली बरामद लगत्तै फरार भएका शेरपुजाको खोजी जारी छ । प्रहरीलेअदालतबाट आवश्यक कानुनी प्रक्रिया सुरु गरेको छ । स्थानीय जनप्रतिनिधि र उनी आवद्ध नेपाली काँग्रेसका स्थानीय प्रतिनिधि तथा अगुवाहरुको रोहबरमा बिहान घरमा खानतलासी गरिएको थियो ।‘शनिबार उहाँ (शेरपुजा)ले सामाजिक सञ्जाल फेसबुकमा आफूसँग बुलेट भएको स्टाटस राखेपछि अनुसन्धान गर्न गएको प्रहरीले छापा मार्दा गोली भेटिएको हो,’ उनले भने, ‘कुन प्रकृतिको गोली, कुन स्रोतबाट आएको हो भन्ने विषयमा अनुसन्धान सुरु गरेका छौँ ।’’म्याग्दीका डिएसपी किरण कुँवरले भने ।



    अध्यक्ष शेरपुजाले , ‘नेकपा गापा अध्यक्ष दिपक कार्की बिखर्ची मित्रले झै सामाजिक सञ्जालमा आगो बाल्नु छ । कसैले हिम्मत बोकी निभाउँछु भनेर आउँछ भने एउटा मात्र बुलेट छ त्यही उपहार दिएर पठाउँछु’ भनेर फेसबुकमा लेखेका थिए । शेरपुजाले सामाजिक सञ्जालमा अभिव्यक्त गरेपछि प्रहरी टोली अनुसन्धानका लागि कोटगाउ गएको थियो । शेरपुजा वि.स २०७४ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उमेद्वार भएर वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

    गोली कुन प्रकृतिको हो भन्ने विषयमा परीक्षणका लागि प्रयोगशालामा पठाउने डिएसपी कुँवरले बताए । जिल्ला प्रशासन कार्यालयका अनुसार उनीसँग हतियार राख्ने अनुमति भए नभएको विषयमा अनुसन्धान जारी छ । अवैध हात हतियार वा गोलगठ्ठा राखेको कसुर पुष्टि भएमा हात हतियार तथा खरखजना सम्बन्धी मुद्दा चलाइनेछ । उनको वडा अध्यक्षको पद पनि गुम्नेछ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार