Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • देशभरबाट पाँच हजार बढीको नमूना संकलन, ८५ जना आइसोलेसनमा भर्ना

    देशभरबाट पाँच हजार बढीको नमूना संकलन, ८५ जना आइसोलेसनमा भर्ना

    अनलाइन नेपाल
  • आइतबार, ३० चैत्र २०७६
  • 1.5K
    SHARES

    काठमाडौ‌ं । देशभरबाट पाँच हजार १८४ जनाको नमुना संकलन गरी परीक्षण गरिएको छ भने विभिन्न अस्पतालको आइसोलेसनमा ८५ भर्ना जना भर्ना रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार यस्ताे जानकारी दिएकाे हाे । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उपत्यककामा १५ जना र उपत्यका बाहिर ७० जना अस्पतालमा उपचाररत छन् । मन्त्रालयका अनुसार कोरोना भाइरसको आशंकामा हालसम्म देशैभर पीसीआर प्रविधिबाट पाँच हजार १८४ जनाको नमुना संकलन गरी परीक्षण गरिएको छ।

    गए राति कोरोना भाइरसको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा वीरगन्जका तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरूको वीरगंन्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ भने उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकोे प्रवक्ता डा. देवकोटाले बताए । ती कोरोना संक्रमितको सम्पर्कमा रहेका र स्थान पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्न इपिडिमियोलोजी तथा रोग नियन्त्रणका महाशाखाको टोली वीरगंन्ज गएर कार्य सुरु गरिसकेको उनले जानकारी दिए ।



    मन्त्रालयका प्रवक्ता देवकोटाले गत २४ घण्टामा देशैभर ६२८ जनाको कोरोना भाइरसको आशंकामा नमुना परीक्षण गरिएको जानकारी दिए । उनले चार हजार २० जनाको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको आशंकामा नमुना परीक्षण भएको बताए । त्यसैगरी, आज देशैभरका क्वारेन्टाइनमा सात हजार ७ सय ७५ जना रहेका उनले जानकारी दिए ।



    गत २४ घण्टामा मन्त्रालयको कोरोना भाइरस संक्रमण शंका लागेका बिरामी पत्ता लगाउने मोबाइल एपमा १७ जना रेड जोनमा परेका छन् । हालसम्म रेड जोनमा २०६ जना पुगेका छन् । मन्त्रालयले जारी गरेको दुई कल सेन्टर १११५ र ११३३ मा तीन हजार १३६ वटा कलको गुनासो सम्बोधन गरिएको जनाएको छ ।

    र्‍यापिट टेस्ट किटबाट हालसम्म तीन हजार ३२१ जनाको नमुना परीक्षण भइसकेको छ । यो किट सातै प्रदेशमा प्रयोग भइरहेका छ भने टेस्ट पनि सुरु भइसकेको मन्त्रालयले जनाएको छ । दार्चुलका ६ स्थानबाट ४६० वटा नमुना संकलन गरिएको छ भने ती नमुना पीसीआर प्रविधिबाट परीक्षण गरिने बताइएको छ । नेपालमा हालसम्म १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भने एक जना निको भइसकेका छन् । बाँकी ११ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार