Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • विआरआईलाई सघाएकाे आराेपमा अफ्रिकी नागरिक चीनमै उत्पीडनको शिकार

    विआरआईलाई सघाएकाे आराेपमा अफ्रिकी नागरिक चीनमै उत्पीडनको शिकार

    अनलाइन नेपाल
  • आइतबार, ३० चैत्र २०७६
  • 2.4K
    SHARES

    हङ्गकङ्ग । चीनले कोरोना भाईरसविरुद्धको महामारी जितिसकेको दावी गरेको छ । यद्यपि मार्च २० यता उसले आफ्नो सीमा नाकाहरु र अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको छ । विज्ञहरुले चीनमा महामारीको दोश्रो लहर उठ्न सक्ने औल्याएपछि चिनियाँ जनताहरुमा त्रास झन् थपिएको छ । चीनीयाँ प्र्शासनले अब हुने महामारीको खतरा विदेशी संक्रमितबाट आउने सक्ने प्रक्षेषण गरेपछि चिनियाँ जनताको त्रास विदेशीविरुद्धको भावनाको रुपमा परिणत भएको जसको सबै भन्दा ठुलो मारमा त्यहाँ रहेको अफ्रिकी समुदाय परेका छन् ।

    चीनको स्पवन परियोजना बेल्ट एण्ड रोड इन्सिएटिभ(विआरआई) लाई सघाएका अफ्रिकी समूदाय नै हाल सबसे बढी मारमा परेका छन् । चीनको गुञ्जाओका घरबेटीहरुले अफ्रिकीहरुलाई घरहरुबाट निकालेका छन् भने उनीहरुका लागि होटलका ढोकाहरु पनि बन्द गरिएको सिएनएनले जनाएको छ । उनीहरुले हालसालै कुनै पनि विदेश यात्रा गरेको नभेटिएपनि अथवा कुनै संक्रमितको सम्पर्क नआएको भएपनि उनीहरुलार्ई बासबिहीन बनाईएको बताइएको छ ।



    सिएनएनले दुई दर्जनभन्दा बढी त्यस्ता अफ्रिकीहरुको अन्तर्वार्ता प्रशारण गरेको छ जो अहिले सडकमा रात विताउन बाध्य छन् । यद्यपि उनीहरुमा कोभिड–१९ को न त कुनै लक्षण देखिन्छ न त उनीहरु कुनै संक्रमितको सम्पर्कमा नै आएका छन् ।
    यहाँ के उल्लेख गर्नु जरुरी छ भने चीनमा देखिएको आयातित संक्रमणहरुको ९० प्रतिशत संक्रमण घर फर्किएका चिनियाँ नागरिकहरुमै देखिएको चिनियाँ उप–विदेश मन्त्री लुओ झाओहुईले मार्च २६ मा बताएका थिए । तर निशानामा भने अफ्रिकी समुदाय परेका छन् ।



    चीन अफ्रिकी जनता उत्पीडनको शिकार भईरहदा मन्त्री लुओले भने कोरोनाभाईरसको रोकथामका लागि अफ्रिका र चीन एक साथ रहेको भन्न छुट्टाएनन् ।गुञ्जाओमा अफ्रिकीहरुको संख्या कति छ भन्ने यकिनको साथ बताउन सकिदैन तर सन् २०१७ भने करीब ३ लाख २० हजार अफ्रिकी यहाँ आईपुगेको तंथ्याक देखिन्छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार