Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लकडाउनमा पनि मुख्य राजमार्गका पेट्रोल पम्प, वर्कशप र होटल सञ्चालनमा ल्याइने

    लकडाउनमा पनि मुख्य राजमार्गका पेट्रोल पम्प, वर्कशप र होटल सञ्चालनमा ल्याइने

    अनलाइन नेपाल
  • आइतबार, ३० चैत्र २०७६
  • 1.4K
    SHARES

    काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेपनि आवश्यकता अनुसार मुख्य राजमार्गका पेट्रोल पम्प, भेहिकल वर्कशप र होटल सञ्चालनमा ल्याउने बताएकाे छ।

    कोभिड-१९ क्राइसेस म्यानेजमेन्ट सेन्टर अपरेशन (सीसीएमसी)ले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै अत्यावश्यक सवारी साधनका लागि पेट्रोल पम्प, भेहिकल वर्कशप र होटल सञ्चालनको व्यवस्था मिलाएको जानकारी गराएको हो।



    ‘लामो दूरीमा ढुवानी गर्ने यातायातका साधन र अन्य यातायातकर्मीको सहजिकरणको लागि विभिन्न राजमार्गमा न्युनतम स्थानको पहिचान गरी पेट्रोल पम्प, भेहिकल वर्कशप र आवश्यक होटल सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ’, सीसीएमसीको विज्ञप्तिमा भनिएको छ।



    सीसीएमसीले अहिलेसम्म गरेका काम प्रेस विज्ञप्तिमार्फत सार्वजनिकसमेत गरेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार