Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • पाँच वर्षदेखिको एनसेलसँगकाे करकाे विवाद अन्त्य, चुक्ता गर्‍यो पुँजीगत लाभकर

    पाँच वर्षदेखिको एनसेलसँगकाे करकाे विवाद अन्त्य, चुक्ता गर्‍यो पुँजीगत लाभकर

    अनलाइन नेपाल
  • आइतबार, ३० चैत्र २०७६
  • 2.1K
    SHARES

    काठमाडौँ । एनसेलले सर्वोच्चको आदेशअनुसार तिर्नुपर्ने सबै पुँजीगत लाभकर चुक्ता गरेपछि पाँच वर्षदेखिको विवाद अन्त्य भएकाे छ। एनसेलले आइतबार ठूला करदाता कार्यालयलाई थप १४ अर्ब ३३ करोड रुपैयाँ बुझाएर पुँजीगत लाभकर चुक्ता गरेपछि पाँच वर्षदेखिको विवाद अन्त्य भएकाे हाे।

    ठूला करदाता कार्यालले निर्धारण गरेको बाँकी ३९ अर्ब ६ करोड कर अन्यापूर्ण भएको र आफूले जम्मा ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार ५ सय रुपैयाँ मात्र चुक्ता गर्ने भन्दै एनसेलले वैशाख ९ गते सर्वोच्चमा रिट दायर गरेको थियो।एनसेलको पुँजीगत लाभकरका विषयमा परेको मुद्दामा भदौ ९ गते फैसला गर्दै सर्वोच्च अदालतले २१ अर्ब १० करोड रुपैयाँ कर लाग्ने ठहर गरेको थियो। त्यस फैसलाले एनसेललाई झण्डै १८ अर्ब नाफा भएको थियो।



    सर्वोच्चको फैसलापछि ठूला करदाता कार्यालयले एनसेलले गत पुस १५ गते ४ अर्ब ५० करोड रुपैयाँ कर बुझाएको थियो। त्यसपछि थप ४ अर्ब ५० करोड बुझाएको एनसेलले आइतबार थप १४ अर्ब ३३ करोड रुपैयाँ तिरेको हो। उसले लाभकर र जरिवानासमेत गरी थप २४ अर्ब ४३ करोड रुपैयाँ आइतबारसम्ममा चुक्ता गरेको ठूला करदाता कार्यालयका प्रमुख सहसचिव झलकराम अधिकारीले बताए।



    सर्वोच्चको आदेशअनुसार ठूला करदाता कार्यालयले वैशाख ३ गते पुँजीगत लाभकर बापत जरिवान र ब्याजसहित बाँकी रहेको ३९ अर्ब ६ करोड, ६ लाख ८४ हजार रुपैयाँ सात दिनभित्र तिर्न पत्र पठाएको थियो।त्यसअघि एनसेलले २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय र विलम्ब शुल्क बापत २ अर्ब २ करोड ६२ लाख ३४ हजार ८ सय ५१ रुपैयाँसहित २३ अर्ब ५७ करोड बुझाइसकेको थियो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार