Online Nepal
  • बुधबार, २ माघ २०८१
  • नेपालमा तीन भारतीय नागरिकमा भेटियाे कोरोना पाेजेटिभ

    नेपालमा तीन भारतीय नागरिकमा भेटियाे कोरोना पाेजेटिभ

    अनलाइन नेपाल
  • आइतबार, ३० चैत्र २०७६
  • 3K
    SHARES

    काठमाडाैँ।  नेपालमा थप ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौंडाको कोरोना परिक्षण ल्याबले शंकास्पद देखिएका ३ जनाको रिर्पोट कन्फर्म गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको नारायणी अस्पतालका चिकित्सकले जनाएका छन्।

    नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बिहीबार स्वाब संकलन गरेर पठाइएको २४ जनामध्येको तीनजना अस्पतालको आइसोलेसन कक्षमा राखिएको बताए।



    ‘हेटौंडाको ल्याबमा गरिएको परीक्षण शंकास्पद आएको भन्ने सुनिएपछि वडा अध्यक्षसँगको समन्वयमा ३ जनालाई यहाँ बोलाइएको हो,’ मेसु डा. उपाध्यायले भने, ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट फाइनल रिर्पोट आएपछि कन्फर्म हुन्छ।’

    हेटौडामा परीक्षण गर्दा आशका गरिएका ३ जनाको काठमाडौंको टेकु अस्पतालको ल्यापकमा परीक्षण गराउदा पुन पोजेटिभ देखिएको हो ।‘हिजो दिउसो ११ बजेको रिपोर्ट पोजेटिभ देखिएपछि पुन गरियो, पुन पोजेटिभ देखिएको छ,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला श्रोतले भन्यो ।

    स्वास्थ्य मन्त्रालयले केहीबेरमा पत्रकार सम्मेलन गरेर आधिकारिक जानकारी दिने तयारी गरिरहेकाेफ छ। वागमती प्रदेशको राजधानी हेटौंडाको किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएकोमा ३ जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने निर्क्यौल गर्न नसकेपछि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

    संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् । सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए ।

    लकडाउन खुलेपछि घर फर्कन भनी उनीहरुले १५ अप्रिलका लागि टिकट काटेका छन् । घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैं नारायणी अस्पतालमा पुगेको मस्जिदका मौलाना अलि असगरले बताए । ‘लकडाउनको समयमा उहाँहरु मस्जिदमा आउनुभएको हो । त्यही बेला प्रहरीसँग समन्वय गरेर हामीले बेग्लै राखेका थियौं’ मौलना असगरले भने ‘छुट्टै राखिएकोले उहाँहरुसँग धेरै कुराकानी पनि भएको छैन । घर जाने बेलामा एक पटक स्वास्थ्य जाँच गराउनु उपयुक्त हुन्छ भनेर अस्पताल जानुभएको हो ।’

    त्यसपछि अस्पतालमा जाँच भएको तर रिपोर्ट आइनसकेको जानकारी आफूले पाएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार