Online Nepal
  • शनिबार, ७ असार २०८२
  • कोरोनाले विश्वभर मृतकाे संख्या एक लाख ५ हजार बढी, कुन देशमा कति?

    कोरोनाले विश्वभर मृतकाे संख्या एक लाख ५ हजार बढी, कुन देशमा कति?

    अनलाइन नेपाल
  • आइतबार, ३० चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडौं । विश्वभर यतिबेला कोरोना भाइरस (कोभिड–१९) को त्रास यति फैलिएको छ कि अर्बौं मानिसहरु त्रसित बनेका छन् । चीनको वुहानबाट शुरु भएको कोभिड–१९ विश्वभर महामारीको रुपमा फैलिएको छ । कोरोना भाइरसको महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या एक लाख ५ हजार ७ सय २८ पुगेको छ । पछिल्लो तथ्यांक अनुसार १७ लाख २७ हजार ६ सय २ संक्रमित भइसकेका छन् । चीनबाट सुरु भएको यो महामारी पछिल्लो समय अमेरिका र युरोपका केही देशमा तीव्र रुपमा फैलिएको छ ।

    अमेरिकामा एकै दिन २ हजारको समेत मृत्यु भएको छ । महामारी कारण एकै दिन यति धेरै संख्यामा मानिसको मृत्यु हुनु यही पहिलो घटना हो । पछिल्लो केही समयदेखि अमेरिकामा मृतक र संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन् ।



    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    कोरोनाबारे अपडेट गराउँदैआएको वेबसाइट ‘वल्र्डोमिटर्स डट इन्फो’का अनुसार हालसम्म संसारभर ३ लाख ९० हजार ६ सय ३९ जनाको उपचार भइसकेको छ । साथै ५० हजार २ सय ७१ संक्रमित गम्भीर अवस्थामा छन् । सबैभन्दा बढी प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी लगायत देश छन् । यस्तै पछिल्लो समय भारतमा पनि तीव्र रुपमा संक्रमितको संख्या बढ्न थालेको छ ।

    कुन देशमा कति ?

    अमेरिका

    संक्रमित : ५ लाख ६ हजार ८
    मृत्यु : १९ हजार ६ सय ६६
    उपचार : २८ हजार २ सय १०
    गम्भीर : १० हजार ९ सय ४७

    स्पेन

    संक्रमित : १ लाख ६१ हजार ८ सय ५२
    मृत्यु : १६ हजार ३ सय ५३
    उपचार : ५९ हजार १ सय ९
    गम्भीर : ७ हजार ३ सय ७१

    इटाली

    संक्रमित : १ लाख ४७ हजार ५ सय ७७
    मृत्यु : १८ हजार ८ सय ४९
    उपचार : ३० हजार ४ सय ५५
    गम्भीर : ३ हजार ४ सय ९७

    फ्रान्स

    संक्रमित : १ लाख २४ हजार ८ सय ६९
    मृत्यु : १३ हजार १ सय ९७
    उपचार : २४ हजार ९ सय ३२
    गम्भीर : ७ हजार ४

    जर्मनी

    सक्रमित : १ लाख २२ हजार ८ सय ५५
    मृत्यु : २ हजार ७ सय ३६
    उपचार : ५३ हजार ९ सय १३
    गम्भीर : ४ हजार ८ सय ९५

    चीन

    संक्रमित : ८१ हजार ९ सय ५३
    मृत्यु : ३ हजार ३ सय ३९
    उपचार : ७७ हजार ५ सय २५
    गम्भीर : १ सय ४१

    युके

    संक्रमित : ७८ हजार ९ सय ९१
    मृत्यु : ९ हजार ८ सय ७५
    उपचार : ३ सय ४४
    गम्भीर : १५ सय ५९

    इरान

    संक्रमित : ७० हजार २९
    मृत्यु : ४ हजार ३ सय ५७
    उपचार : ४१ ह्जार ९ सय ४७
    गम्भीर : ३ हजार ९ सय ८७

    टर्की

    संक्रमित : ४७ हजार २९
    मृत्यु : १ हजार ६
    उपचार : २ हजार ४ सय २३
    गम्भीर : १ हजार ६ सय ६७

    भारत

    संक्रमित : ८ हजार ६३
    मृत्य’ : २ सय ४९
    उपचार :७ सय ७४

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार