Online Nepal
  • मंगलबार, १० असार २०८२
  • कोरोना संक्रमणबाट मुक्त भएका ९१ जनामा पुन: देखियाे पाेजेटिभ रिपाेर्ट

    कोरोना संक्रमणबाट मुक्त भएका ९१ जनामा पुन: देखियाे पाेजेटिभ रिपाेर्ट

    अनलाइन नेपाल
  • आइतबार, ३० चैत्र २०७६
  • 2.1K
    SHARES

    एजेन्सी। विश्वभर यतिबेला कोरोना भाइरस (कोभिड–१९) को त्रास यति फैलिएको छ कि अर्बौं मानिसहरु त्रसित बनेका छन् । चीनको वुहानबाट शुरु भएको कोभिड–१९ विश्वभर महामारीको रुपमा फैलिएको हाे । साेही क्रममा दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका ९१ जनामा पुन संक्रमण देखिएको छ। त्यहाँका स्वास्थ्य अधिकारीहरुले ठीक भएर फर्किएका ९१ जनाको कोरोना टेस्ट पोजेटिभ देखिएको बताएका छन्।

    कोरिया सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार उनीहरु कसरी दोस्रोपटक संक्रमति भए भन्ने स्पष्ट रुपमा खुलेको छैन। सेन्टरका निर्देशक जिओङ्ग उन केओङ्गले पत्रकार सम्मेलनमा भाइरस फेरि सक्रिय भएको हुनसक्ने अनुमान गरेका छन्। अन्य जानकारहरुले भने उनीहरुको परीक्षण नै राम्रोसँग नभएको जिकिर गरेका छन्।



    विश्व स्वास्थ्य संगठनले पनि यी केसहरुबारे अध्ययन सुरु गरेको द गार्जियनले जनाएको छ। यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार