Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • बेलायती प्रधानमन्त्रीले अस्पतालबाटै सोधिरहन्छन् संक्रमित प्रेमिकाको स्वास्थ्य स्थिती

    बेलायती प्रधानमन्त्रीले अस्पतालबाटै सोधिरहन्छन् संक्रमित प्रेमिकाको स्वास्थ्य स्थिती

    अनलाइन नेपाल
  • आइतबार, ३० चैत्र २०७६
  • 2.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी। बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको कार्यालयले प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको जानकारी दिएको छ ।५५ वर्षीय बोरिस जोनसोनलाई कोरोनाभाइरस संक्रमित पाइएको १० दिनपछि गत आइतबार अस्पताल भर्ना गरिएको थियो ।

    त्यहाँ आइसीयूमा तीन दिन बिताएपछि बिहिबार उनलाई साधारण वार्डमा सारिएको छ । उनको कार्यालयले दिएको जानकारी अनुसार अस्पतालमा पनि उनी आफ्नी गर्भवती प्रेमिका क्यारी साइमण्ड्ससँग लगातार सम्पर्कमा छन् र उनको गर्भवस्थाको स्क्यान प्राप्त गरिरहेका छन् ।



    क्यारीमा पनि कोरोनाभाइरसको संक्रमण देखिएपछि क्वारेटाइनमा बसिरहेकी छिन् । बेलायती प्रधानमन्त्री अस्पतालमा फिल्म हेरेर र सुडोकु सुल्झाएर समय बिताइरहेको बताइन्छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार