Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतका १३ मस्जिदमा फेला परे ५२ काेराेना पाेजेटिभ, तीनकाे मृत्यु

नयाँ दिल्ली। कोरोना भाइरसको बारेमा दिल्लीमा एउटा ठूलो खबर आएको छ। , ६ अप्रिलमा, दिल्लीको चाँदनी महल क्षेत्रमा १३ मस्जिदहरूबाट १०२ मानिसहरूलाइ निकालिएकाे थियाे। जसमध्ये ५२ जना कोरोना पोजिटिभ पाइएको थियो । मस्जिदबाट निकालेका धेरै जमात-ए-निजामुद्दीन कार्यक्रममा सहभागी भएका थिए। ती मध्ये विदेशीहरु पनि छन्।

चाँदनी महल क्षेत्रको मस्जिदबाट निकालिएका मानिसहरूमध्ये ३ दिन भित्र कोरोनाबाट ३ जना मानिस मरेका थिए। जिन्युजका अनुसार अप्रिल 6 मा, यी सबै व्यक्तिलाई चाँदनी महल क्षेत्रका १३ वटा मस्जिदहरूबाट बाहिर निकाले र गुलाबी बागमा क्वारेन्टाइन केन्द्रमा राखियो।

५२ व्यक्तिको कोरोना पाजेटिभ पाइएपछि डीएमले कडा आदेश दिएका थिए कि सम्पूर्ण क्षेत्र तुरुन्तै सिल गरिनु पर्छ र आवश्यक सामानहरू स्थानीयकाे घरमै पुर्‍याउनु पर्छ। सम्पूर्ण क्षेत्रलाई सरसफाई गर्न पनि भनिएको छ। उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्न पनि प्रयास भइरहेको छ। यस बाहेक, डीएमले ती क्षेत्रका जनताको ढोका-ढोका नमूना लिनु पर्ने बताएका थिए।

भारत मार्च २५ देखि २१ दिनका लागि लकडाउनमा छ। यसको अवधि १५ अप्रिलमा सकिँदैछ। आज ११ अप्रिल हो। भारतमा हालसम्म कोरोनाबाट ७ हजार ४ सय संक्रमित भइसकेका छन्। २ सय ३९ जनाको ज्यान गएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077