काठमाडौं। चितवन जिल्लाको भरतपुर महानगरपालिका १ जोरकुसुम पार्क स्थित नारायणी नदिबाट बेपत्ता एक जनाको सव फेला परेको छ। सशस्त्र प्रहरी बल एपीएफ टोलीले वेपत्ता व्यक्तिको शव निकालेको छ ।
क्षेत्रपुर बस्ने १८ वर्षिय सनिल लामा सो नदिमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए ।
सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट सशस्त्र प्रहरी नायव निरीक्षक प्रल्हाद सिलवालको कमाण्डमा खटिएको गोताखोरसहितको एपीएफ टोलीले उनको शव नदिबाट बाहिर निकालेको हो ।
Leave a Reply