Online Nepal
  • सोमबार, ९ असार २०८२
  • लकडाउन पुन: बढाउने प्रधानमन्त्री ओलीको संकेत

    लकडाउन पुन: बढाउने प्रधानमन्त्री ओलीको संकेत

    अनलाइन नेपाल
  • शनिबार, २९ चैत्र २०७६
  • 2.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड- १९) )को नियन्त्रण र रोकथामका लागि लागू गरिएको लकडाउन तत्काल नहट्ने वताएका छन्।

    कोभिड–१९ विरुद्धको लडाइँमा प्रदेश र स्थानीय सरकारले गरेका कामका बारेमा प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित एक्सन रुमबाटै मुख्यमन्त्रीहरुसँग छलफल गर्दा संक्रमण फैलिन नदिन सबै सचेत हुनु पर्ने भन्दै लकडाउन खुला गर्ने निर्णय हुन नसक्ने उल्लेख गरेका थिए।



    भारतमा संक्रमण लिरहेको हुँदा पनि लकडाउन खुला गर्ने निर्णय हुन नसक्ने उनको तर्क थियो। सरकारले लकडाउनको अवधि बैशाख ३ गतेसम्म कायमा गरेकोमा प्रधानमन्त्रीको भनाइ अनुसार पनि लकडाउनको अवधि पुन : थपिने देखिन्छ।

    सात प्रदेशका मुख्यमन्त्रीहरुसँग शुनिबार भएको भिडियो कन्फरेन्सका क्रममा कोभिड–१९ विरुद्ध आ-आफ्नो प्रदेशमा भइरहेका प्रयासहरूको बारेमा प्रमुखहरुले प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार