Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • हेटौडामा तीनजनाको नतिजा छुट्याउन नसकेपछि स्वाब काठमाडौं पठाइयाे

    हेटौडामा तीनजनाको नतिजा छुट्याउन नसकेपछि स्वाब काठमाडौं पठाइयाे

    अनलाइन नेपाल
  • शनिबार, २९ चैत्र २०७६
  • 1.8K
    SHARES

    मकवानपुर । भाइरस (कोभिड-१९) संक्रमण पोजेटिभको आशंकामा हेटौडामा परीक्षण गरिएको तीनजनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो। त्यसमध्ये तीनजनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने खुट्याउन नसकेपछि थप निर्क्योल गर्नका लागि ती नमुनालाई काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।

    पर्साबाट ल्याइएको स्वाब परीक्षण गर्दा कोरोनाको संक्रमण नेगेटिभ नै हो भनेर किटान गर्न नसकिएको र पोजेटिभ हो भनी निष्कर्षमा पुग्न पनि नसकिएपछि थप परिक्षणको लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



    सामाजिक विकास मन्त्री युवराज दुलालले यस विषयमा आधिकारिक धारणा तत्काल नदिने प्रतिक्रिया दिए। स्रोतका अनुसार पर्साको वीरगन्जमा बस्दै आएका तीन भारतीय मुस्लिम धर्म प्रचारकहरुको हेटौंडामा थ्रोट स्वाब परिक्षणका लागि ल्याइएको थियो।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार