काठमाडाैँ। अमेरिकी सांसद मार्क ग्रीनले चीनले फ्रान्सलाई १ अर्ब सुरक्षात्मक मास्क प्रदान गर्नका लागि फ्रान्सले चिनियाँ कम्पनी हुवावेको ५ जी सेवा लिनुपर्ने शर्त राखेको बताएका छन् ।
प्रतिष्ठित अमेरिकी टेलिभिजन च्यानल फौक्स न्यूजसँग कुराकानी गर्दै उनले भने,’कि फ्रान्सेली राष्ट्रपति इमानुएले म्याक्रोनले चिनियाँ राष्ट्रपति सि जिनपिंगे सँग एक अरब मास्क माग्दा सीले फ्रान्सले हुवावेको ५ जी सेवा लिए मात्र माक्स पठाउने शर्त राखे ।’
हुवावे कम्पनी यसअघि संसारभर विवादमा पर्दैआएको छ । सो कम्पनीमाथि ह्याकिंग एवम् ठेक्का पार्न विभिन्न मुलुकका सरकारी अधिकारीहरु एवम् नेताहरुलाई अनुचित तरिकाले प्रभावमा लिनेको गरेको आरोप छ । भर्खरै मात्र बेलायतले पनि हुवावेसँगको ५ जी बिस्तारको सम्झाैता तोड्ने संकेत देखाएकाे छ ।
हुवावे नेपालमा पनि विवाद रहित भने छैन् । नेपाल टेलिकमसँग ४ जी सेवाको लागि उसले चर्को मूल्यमा सम्झौता गरेको आरोप लाग्ने गर्दछ भने सो कम्पनीलाई विज्ञहरुले नेपालको डाटा सुरक्षाको थ्रेटको रुपमा लिने गरेका छन्।
Leave a Reply