Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • सामान चाट्ने महिला पक्राउ

    सामान चाट्ने महिला पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २९ चैत्र २०७६
  • 3K
    SHARES

    न्युयोर्क,(एजेन्सी) । अमेरिकाको नेवाडा सिमा नजिकको एउटा स्टोरमा १ हजार ८ सय अमेरिकी डलर वरावरको सामान चाटेको अभियोगमा क्यालफोर्नियका एक महिलालाई प्रहरीले गिरफ्तार गरेको छ ।

    साउथ लेक टाहोए स्थित सेफ्वे सुपरमार्केटका एकजना कर्मचारीले जेनिफर वाकर नामकी ति ५३ वर्षिया महिलाले आफ्नो अन्य सामान सहितको सपिंग कार्टमा राख्नु अघि पसलमा राखिएका थुप्रै गहना हातमा लिएर चाटेको प्रहरीलाई उजुरी गरेका छन् ।



    सुपर मार्केटले वाकरको ठेलामा रहेका सम्पूर्ण सामान दुषित भएकाले बेच्न योग्य नरहेको दावी गरेको छ । समानमा हानी पु¥याएको अभियोगमा एल डोरडो काउन्टि जेल चलान गरिएकी उनको जमानत रकम १० हजार डलर तोकिएको छ ।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार