Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • कोरोना भाइरसका कारण विश्वभरि मर्नेको संख्या एक लाख नाघ्यो

    कोरोना भाइरसका कारण विश्वभरि मर्नेको संख्या एक लाख नाघ्यो

    अनलाइन नेपाल
  • शनिबार, २९ चैत्र २०७६
  • 2.3K
    SHARES

    एजेन्सी । चीनबाट सुरू भइ विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख नाघेको  छ भने १६ लाख भन्दा बढी संक्रमित भएका छन् ।

    इटलीमा सबैभन्दा धेरै १८,८४९ जना संक्रमितले ज्यान गुमाएका छन्‌। तर संक्रमित र गम्भीर अवस्थामा पुगेका बिरामीहरूको संख्या हेर्दा संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी मानवीय हताहति हुने पक्कापक्की जस्तै छ।



    अहिलेसम्म अमेरिकामा १७,९२७ जनाले ज्यान गुमाएका छन्‌। यो हताहति इटलीपछि अर्को देशमा भएको सबैभन्दा बढी हो। आजमात्रै अमेरिकामा १,२३६ जना संक्रमितको ज्यान गएको छ। १०,८९६ जना संक्रमितहरू मृत्युसँग अन्तिम अवस्थामा जुधिरहेका छन्‌।

    कोरोना संक्रमण अवस्थाबारे ताजा तथ्या‌ंक अद्यावधिक गरिरहेको वर्ल्डोमिटरका अनुसार अहिलेसम्म विश्वभर १६ लाख ५२ हजार ६४३ संक्रमित भेटिएका छन्‌। यी मध्ये तीन लाख ६९ हजार ९२७ जना उपचारपछि निको भएका छन्‌।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार