Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउनमा भीड हटाउन गएका प्रहरीमाथि हातपात, तीन जना पक्राउ

    लकडाउनमा भीड हटाउन गएका प्रहरीमाथि हातपात, तीन जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २८ चैत्र २०७६
  • 2.4K
    SHARES

    रौतहट। रौतहतमा मुस्लिम समुदायले प्रहरीमाथि हातपात गरेको छ । मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिकाअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि उनीहरुले हातपात गरेको हो ।

    नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मुनमुन सिंहउपरका टोली मस्दिजमा एकै ठाँउमा सयौंको संख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा त्यहाँ पुगेका थिए । सुरक्षाकर्मीले सम्झाउन खोज्दा मुस्लिम युवाहरुले हातपात गरेका छन् ।



    बिहीबार बेलुकी ७ बजे मुस्लिमहरुको एक पर्वको अवसर भन्दै तेजापाकडस्थित एउटा मस्जिदमा एकै ठाँउमा २०० बढी मानिस नमाज पढिरहेका थिए । प्रहरी सहायक निरीक्षक सिंहले लकडाउन उल्लङ्घन नगर्न र भीड गर्दा कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भनी सम्झाइरहँदा केही युवाहरुले उनीमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



    घटना लगत्तै जिल्ला प्रहरी कार्यालय गौर र विभिन्न सशस्त्र प्रहरी बेस क्याम्पबाट ठूलो संख्यामा परिचालनपछि अवस्था साम्य भएको प्रहरी उपरीक्षक रविराज खड्काले बताए । प्रहरीमाथि हातपात गरेका परोहा नपा–३ का २६ वर्षीय कलाम अन्सारी, सोही ठाँउका १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालुु अन्सारीलाई नियन्त्रणमा लिएको रौतहट प्रहरी उपरीक्षक खड्काले बताए ।

    अभियोग लागेका तीनै जना नियन्त्रणमा रहेको र घटनाको प्रक्रियाअनुसार मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार