Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कालोबजारीयासँग उद्योग मन्त्रीको कनेक्सन

    अग्रवाल छुटाउन खोज्ने मन्त्रीलाई बर्खास्त गर्न भीम रावलको माग

    अग्रवाल छुटाउन खोज्ने मन्त्रीलाई बर्खास्त गर्न भीम रावलको माग

    अनलाइन नेपाल
  • शुक्रबार, २८ चैत्र २०७६
  • 8.9K
    SHARES

    काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले कालोबजारी र स्वास्थ्य सामग्री तस्करी गर्दा गर्दै पक्राउ परेका सुलभ अग्रवाललाई छुटाउन चलखेल गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडलाई बर्खास्त गर्न माग गरेका छन् ।

    नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै रावलले स्वास्थ्य सामग्रीमा कालोबजारी प्रकरणमा पक्राउ परेका सुलभ अग्रवाललाई कानूनअनुसार कारबाही गर्नुपर्ने बताए ।



    प्रहरी हिरासतमा रहेका सुलभ अग्रवाललाई भेट्न मन्त्रीको सरकारी झण्डावाल गाडीमा आपूर्ति राज्यमन्त्री दुगड गएपछि आलोचना भएको थियो । राज्यमन्त्री अग्रवाललाई तत्काल पदमुक्त गर्न रावलले माग गरेका छन् ।



    नेकपाका नेता रावलले यस्ता अपराधमा संलग्नहरूलाई बचाउनका लागि गैरकानूनी ढंगले चलखेल गर्न खोज्ने कसैलाई पनि सरकारमा बसेर झण्डा हल्लाउने अधिकार नभएको बताए । प्रधानमन्त्री केपी ओलीले दुगडलाई तत्काल पदमुक्त गर्न रावलले सुझाव दिए ।

    नेता रावलले पार्टीमा आजीवन त्याग गरेकालाई लत्याएर जो पायो त्यही भ्रष्ट र कालाबजारिया गर्नेहरूलाई सरकारमा सामेल गराउने गलत प्रवृतिले यस्तो भएको बताए ।

    रावलले पार्टीमा कुनै योदान नभएकालाई सरकारमा सहभागी गराउने र उनीहरूले गरेका काला कर्तुतको बचाउमा लाग्ने संरक्षकमाथि पनि कारवाही हुनुपर्ने माग गरेका छन् ।

    सरकारले केही भ्रष्टाचारीहरूलाई कारवाही गरेपनि धेरै भ्रष्टहरू कारवाहीमा नपरेको रावलले बताए । उनले संकटको समयमा यस्ता भ्रष्टाचारका कुरा आइरहँदा पनि कारवाही गर्न छाडेर संरक्षणमा लाग्नु राज्यको लाचारीपना भएको बताए ।

    लकडाउनका कारण जनता हिँडेर घर गइरहेको भन्दै रावलले भने, ‘लकडाउनले जनता समस्यामा परेका छन् । हिँडेर घर गएका छन् । कि खानपिनको व्यवस्था गर्नुप¥यो । होइन भने घर जाने व्यवस्था गर्नुपर्छ ।’

    ‘सरकारमा जो पायो त्यसैलाई लाने काम गलत भयो । योगदान भएका मान्छेले अबसर नपाउने भए’, उनले भने, ‘यसको जरो कहाँ छ त्यो खोजेर कारवाही गर्नुपर्छ ।’

    उनले सुदूरपश्चिम प्रदेशमा भएको साधन स्रोतको परिचालन गरिएको बताए । थप उपकरण र चिकित्सिक पठाउनुपर्ने भन्दै रावलले धनगढीमा मात्र पठाएर नपुग्ने बताए ।
    आपूर्ति व्यवस्था मिलाउनुपर्ने, सीमापारी बसेकालाई तुरुन्त ल्याउनुपर्ने बताएका रावलले सरकारले कुनैपनि निर्णय हावाका भरमा गर्न नहुने बताएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार